मन्त्री रवीन्द्र अधिकारीलाई किन कारवाही नगरेको भन्दै ओलीसँग झोक्किए नेपाल !
काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपाल पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुष्ट बनेका छन् । प्रधानमन्त्री ओलीले भ्रष्टाचारी मन्त्रीलाई पनि कारबाही नगरेको भन्दै नेता नेपाल असन्तुष्ट बनेका छन् ।
स्रोतकाअनुसार नेता नेपालले आज आफूनिकट नेताहरुसँग गोप्य छलफल गरेका छन् । उनले प्रधानमन्त्री ओलीले भ्रष्टाचारीलाई कारबाही गर्छु भनेर सार्वजनिक रुपमा बोलेपनि व्यवहारमा त्यस्तो नगरेको पनि गुनासो पोखेका थिए ।
वाईडबडी जहाज खरिद प्रक्रियाको अनियमिततामा बहालवाला मन्त्री रवीन्द्र अधिकारीको प्रत्यक्ष संलग्नता देखिईसक्दापनि ओलीले उनलाई कारबाही नगरेको भन्दै नेता नेपालले आज आक्रोश पोखेका हुन् ।
उनले मन्त्री अधिकारीसहित पर्यटन सचिव कृष्णप्रसाद देवकोटा र नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशकारलाई प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्नुपर्ने आवाज उठाएका छन् । यत्रो विरोध हुँदापनि अहिलेसम्म मन्त्री अधिकारीलाई नहटाएकोमा नेता नेपाल रुष्ट छन् ।