रबिन्द्र अधिकारीलाई बचाउन खाजे प्रम ओली नेतृत्वको सरकारलाई नै ढालिदिने चेतावनी !(भिडियो ) - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

रबिन्द्र अधिकारीलाई बचाउन खाजे प्रम ओली नेतृत्वको सरकारलाई नै ढालिदिने चेतावनी !(भिडियो )



काठमाडौं,। नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी विमान खरिदबारे अध्ययन गर्न गठित संसदीय छानबिन उपसमितिका सदस्य प्रदीप यादवले विमान खरिदमा ठूलो घोटाला भएको भन्दै बहालवाला मन्त्री रवीन्द्र अधिकारी र महाप्रबन्धक सुगतरत्न कंशकारलाई तत्काल बर्खास्त गरी जेल हाल्नुपर्ने बताएका छन् ।

बिहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । यो प्रकरणमा आफूहरुले बास्तविक सत्य तथ्य बाहिर ल्याईसकेकोले अब मन्त्री अधिकारीलाई बचाउन खाजे वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई नै ढालिदिने पनि उनले चेतावनी दिए ।

सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका नेता समेत रहेका सांसद यादवले भ्रष्टाचारीलाई कुनैपनि हालतमा उन्मुक्ति दिन नहुने धारणा राखे ।