मन्त्री अधिकारीको भिसा च्यातियो - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

मन्त्री अधिकारीको भिसा च्यातियो



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको बेलायतीको भिसा च्यातिएको अवस्थामा भेटिएको छ। नोभेम्वर ५ देखी ७ तारिख सम्म लण्डनमा आयोजना हुने विश्व पर्यटन मेलामा नेपालको तर्फवाट सहभागि हुन वेलायत जान लाग्नुभएका अधिकारीको भिसामा वेलायती दूतावासको लापर्वाही गरेको कारणले भिसा रद्द भएको हो ।

मन्त्री अधिकारीको राहदानी संकलन गर्न काठमाडौंस्थित भिएचएफ कार्यालय पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका कर्मचारीलाई च्यातिएको र रातोमसीले क्रस गरेर भिसा थमाए पछि उनको बेलायत भ्रमण प्रभावित हुन पुगेको हो।

भिसा रद्द भएको अवस्थामा भेटे पछि यस बिषयमा यथार्थ बुझ्न मन्त्रालयका कर्मचारीले ललितपुर प्रहरीलाई खबर गरेका थिए। प्रहरीले काठमाडौँ स्थित भिसा वितरक सस्था भीएचएफ गोलोवलको अफिस पुगेर मुचुल्का उतारेको थियो। शुरुमा मुचुल्कामा हस्ताक्षर गर्न नमानेका भीएचएफका कर्मचारीलाई प्रहरीले कानुनी दयारामा ल्याउने चेतावनी दिएपछि गल्ति स्वीकार गर्दै हस्ताक्षर गरि आइतवार सम्म पुनःअर्को भिसा इसु गर्ने बचन दिएको खबर नेपाल समाचारपत्रले लेखेको छ ।