रवीन्द्र अधिकारीको उद्घोष: त्रिभुवन विमानस्थल २४ सै घण्टा संचालन गराउछु - Himal Post Himal Post
  • २१ माघ २०८२, मंगलवार
  •      Tue Feb 3 2026
Logo

रवीन्द्र अधिकारीको उद्घोष: त्रिभुवन विमानस्थल २४ सै घण्टा संचालन गराउछु



काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले त्रिभुवन विमानस्थललाई २४ सै घण्टा संचालन गराउने उद्घोष गरेका छन् ।

मन्त्री अधिकारीले रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा बोल्दै हाल नेपाली आकाशमा विद्यमान एयर ट्राफिक जाम कम गर्नका लागि विमानस्थलको क्षमता बढाएर सञ्चालन अवधि थपिने बताएका हुन् ।

‘सिङ्गल रनवे भए पनि विमानस्थल २४ घण्टा नै सञ्चालन गर्न सकिन्छ । संसारमा प्रयोग भएका सबैखाले प्रविधिको प्रयोग गरेर यसलाई व्यवस्थापन गर्न सकिन्छ । विगतमा समय थप्न सकिदैन भन्नेहरुले पनि अहिल तीन घण्टा थप्न सकिन्छ भनिसके । प्रयास गरियो भने २४ घण्टा पनि सकिन्छ’ उनले भने ‘मुम्बइमा एउटा रनवे भएको विमानस्थल २४ घण्टा चल्छ भने यहाँ किन चल्दैन ?’

मन्त्री अधिकारीले सञ्चालन अवधि बढाएपछि अहिले भइरहेको एयर ट्राफिकको समस्या कम हुने दाबी गरे ।

विमानस्थल सञ्चालन अवधि बढेसँगै सहरको चहलपहल पनि बढ्ने र त्यसले पर्यटन व्यवसायमा थप टेवा पुग्ने उनको भनाइ छ ।

‘काठमाडौलाई पनि १८ घण्टा जागा बनाउँछु । भविष्यमा २४ सै घण्टा काठमाण्डौ खुला हुन्छ’ उनले भने ।