खारेज भयो रवि लामिछानेको मुद्दा - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

खारेज भयो रवि लामिछानेको मुद्दा



काठमाडौं । टेलिभजिन कार्यंक्रम प्रस्तोता रवि लामिछाने र र निलम्बित डिएसपी अंगुर जिसीविरुद्ध हालिएको अदालतको मानहानी मुद्दा खारेज भएको छ ।

प्रमाण नष्ट गरेको र यातना दिएकोबारेको अभियोगमा जिल्ला अदालतमा कञ्चनपुरमा मुद्दा विचारधीन रहेकाले सार्वजनिक रुपमा बोल्न नमिल्ने र आफ्नो भाइ दिलिपसिंह विष्टलाई अभियोग लगाएको भन्दै उनका दाजुले खड्गसिंह विष्टले रवि र जिसीविरुद्ध मुद्दा दायर गरेका थिए।

खड्गसिंहले सुरुमा दिएको उजुरी जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण वस्तीले खारेज गरिदिए पनि पुनः अर्को उजुरी दिएपछि दर्ता भएको थियो । आज सोही उजुरीमा सुनुवाइ गर्दै जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले श्रेस्तेदारकै निर्णय ठहर गरि दिएको छ । 

आफूलाई सिँधाकुरा जनतासँग कार्यक्रममा बोलाएको र अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा जिसीलाई लामिछानेले कार्यक्रममा बोलायर सार्वजनिक रुपमा बोल्न लगाएको भन्दै पत्रकार खेम भण्डारीले प्रेस काउन्सिल नेपालमासमेत उजुरी दर्ता गराएका छन् ।