राष्ट्रवाद के हो रवि लामिछानेबाट सिकौं ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

राष्ट्रवाद के हो रवि लामिछानेबाट सिकौं !



कर्ण बहादुर अधिकारी।

विश्व कृतिमान राखिसकेका रवि लामिछाने नेपालका एक होनाहार पत्रकार हुन। विभिन्न उपमा दिए पनि उपमाको काफी नहुने व्यक्ति रवि केही वर्षको अमेरिका बसाई पश्चात् अमेरिकाको सुख,सयल परित्याग गर्दै नेपाली माटोको धुलोसँगै रम्नका लागि र नेपाली जनताको न्यायको बत्ती बन्ने उद्देश्य लिएर अमेरिकाको पासपोर्ट र ग्रिन कार्ड परी त्याग गरी नेपाल भित्रिएका हुन। नेपाल सरकारको आधिकारिक कार्यक्रम“सिधा कुरा प्रधानमन्त्रीसँग” चलाएर चर्चा परीचर्चा कमाएका रविलाई राजनैतिक खिचातानीका कारण त्यस कार्यक्रमबाट हटाएसँगै न्युज २४ बाट “सिधा कुरा जनतासँगको” कार्यक्रम सञ्चालनमा ल्याए।

आज उक्त कार्यक्रम ३ करोड नेपालीको मन मस्तिष्कमा बस्न सफल भएको छ।राम शाहको पालामा “न्याय नपाए गोरखा जानु” भन्ने जनश्रुति हामीले सुन्दै आएका छौ भने आज रवि लामिछानेको पालामा न्याय नपाए “सिधा कुरा जनतासँग”भन्ने कार्यक्रममा जानु भन्ने बुझिएको छ।कर्मचारीहरूबाट ठगिएका,पुलिस सेनाबाट प्रताडित भएका साथै जनताबाट जनता नै ठगिएका वा थिचो मिचोमा परेका,दलालबाट विदेशमा बेचिएर नारकीय जीवन बिताई रहेका र सरकारबाट कुनै पनि सुविधा नपाई सुविधाबाट बन्चित भएकाहरूको न्यायको प्रतिमुर्ति बनेको छ रवि लामिछाने र सिधा कुरा जनतासँग भन्ने कार्यक्रम।उक्त कार्यक्रमबाट नेपाली जनताले प्रस्ट रूपमा न्याय पाई रहेका छन्।

खाडी मुलुक इराक,कुवेत,बहराईन,सिरीया लगायतका अन्य देशमा बेचिएका नेपाली चेलीहरूको उद्धार गरी रहेका छन्।भ्रष्ट्राचारी तस्करीहरूको १२ बजाई रहेका छन्।राष्ट्र र राष्ट्रियताको विषयमा भारतद्वारा रातारात सिमाना मिचि रहँदा सिमानामा गएर सत्य तथ्य बुझी रीपोर्टिङ गरी राष्ट्रिय टेलिभिजनबाट बजाउने रवि नै हुन।नेपाली जनतालाई जागरुक हुन सचेत गराउने रवि नै हुन।टोलमा बत्ती नबल्दा,सडक निर्माणमा ठेकेदारले लापर्बाही गरी रहँदा न्यायको लागि प्रहरी सामु पुग्दा प्रहरीले जाहेरी नलिँदा,विविध विषयमा एक आपसमा झगडा हुँदा सबै कुराहरूको लागि रवि नै गुहार्न थालेका छन्।राज्यको कानुन भन्दा माथि कोही छैन र हुनु पनि हुँदैन तर कुनै बेला कानुन पालना गराउनेहरू बाटै जनता पीडित भई रहँदा विकल्पको रूपमा रविको “सिधा कुरा जनता सँगको” कार्यक्रमको ढोका ढकढक्याउनु सहजै पनि हो।आज ३ करोड जनताको न्यायको दियो बनेको छ रवि।

पत्रकार र पत्रकारिता यिनको पेसा भए पनि देशकै चौथो अङ्ग के हो र के गर्न सक्छन् भन्ने कुराको उदाहरण दिई रहेका छन्।नेपालको सञ्चार जगतलाई सही मार्गमा लैजाने प्रेस काउन्सिल जस्तो गरीमामयी संस्था माथि केही तुच्छ प्रवृत्ति बोकेका पत्रकारका कारण प्रेस काउन्सिल प्रेस काउन्सिलको रूपमा नरहेको अवस्थामा रवि लामिछानेले सत्य तथ्य घटनाहरू बाहिर ल्याउने जमर्को गरेको छ।प्रेस काउन्सिलका कार्यकारी अध्यक्ष किशोर श्रेष्ठका कर्तुतहरूलाई बाहिर ल्याएका छन् सिधा कुरा जनतासँगको कार्यक्रममा।राष्ट्रको चौथो अङ्ग पत्रकारले रातो पासपोर्ट कसरी पाए भन्ने बारे पनि प्रष्टाई दिएका छन्।

रवि लामिछाने नेपाली नागरिक नै होईनन भन्नेहरूलाई उनले चुनौती दिई रहेका छन्।अमेरिकाको सुविधा त्यागेर नेपाली जनताको सुख दुखमा साथ दिई रहेका रविलाई राज्यबाट पनि पूर्ण रूपमा सहयोग पाएको अवस्था छैन।नेता देखि मन्त्री सम्मलाई पनि जनताको सामु उभ्याउन सक्ने क्षमता भएका व्यक्तिलाई राज्यले केही गर्न नसक्नु दुखको कुरा हो।रविको जीवन नै खतरा रही रहेको अवस्थामा राज्यले सुरक्षा दिन सक्ने माहौल सृजना गर्नु पर्दछ।नेपालको इतिहासले न त रवि जस्तो व्यक्ति हिजो पाएको थियो न त भोलि नै पाउने छ।वर्तमानमा रविलाई पाउनु नै पीडित र दुखी नेपालीहरूको अहोभाग्य नै हो।सूर्यको रवि पुग्न नसकेको ठाउँमा मानव रूपी पत्रकार रवि पुगी रहेका छन्।