बुवाद्वारा छोरी बलात्कार प्रकरण: राष्ट्रिय युवा संघले दियो चेतावनी - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

बुवाद्वारा छोरी बलात्कार प्रकरण: राष्ट्रिय युवा संघले दियो चेतावनी




विशाल पाण्डेय/कैलाली –

कैलालीमा आफ्नै बाबुले दुई छोरीलाई बलात्कार गरेको घटना प्रती राष्ट्रिय युवा संघ नेपाल ,घोडाघोडी नगर कमिटीले दोषीलाई कडा कारबाहिको माग गरेको छ ।

सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै नगर कमिटीले आफ्नै बाबुले बलात्कार गरेको घटना प्रती गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषीलाई कडा कारबाहिको माग गरेको छ ।

घोडाघोडी नगर कमिटीका संयोजक होम तामाङ तथा सह- संयोजक सन्तोष चौधरीद्बारा जारी गरिएको विज्ञप्तिमा, घोडाघोडीमा १४ र १६ वर्षीय दुई कीशोरी माथी आफ्नै बाबुले बलात्कार गरेको घटना प्रती नगर कमिटीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा सामाजिक व्यतिथी तथा नैतिक आचारण गुमाइ गरिएको पशुतुल्य व्यवहार प्रती राष्ट्रिय युवा संघ नेपाल खेद प्रकट गर्दै घटनाको घोर भत्सर्ना गरेको छ ।

साथै विज्ञप्तिमा दानव रुपि कार्य गर्ने निज व्यक्तिलाई सार्वजनिक गरि कडा भन्दा कडा कारबाही गरि पिडित छोरिहरुको उद्बार गरि सुरक्षित भविष्यको ग्यारेन्टी गर्न राष्ट्रिय युवा संघ नेपाल जोडदार माग गर्दछौं ।

घटना भएको ३ दिन हुँदा सम्म पनि अभियुक्त खोजी कार्यमा प्रहरीले सक्रियता नदेखाएको परिवेशमा समाजमा न्याय हराएको होकि भन्ने आशंका देखिएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा आजको मिति देखि ३ दिन भित्र प्रहरी प्रशासनले निज अभियुक्त लाई पक्राउ गरि कानुनी कारबाही गरोस र यदि सो समय भित्र अभियुक्त सार्वजनिक नभए राष्ट्रिय युवा संघ नेपाल चुप लागेर नबस्ने र आन्दोलनका कार्यक्रम अगाडि बढाउने जानकारी गराउदै उक्त विज्ञप्ति उल्लेख गरिएको छ ।