कतार एयरवेज दुर्घटना,सबै यात्रु सुरक्षित - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

कतार एयरवेज दुर्घटना,सबै यात्रु सुरक्षित



कोलकोता । एक सयभन्दा बढी यात्रु बोकेको कतार एयरवेजको विमानले दोहाबाट कोलकाताको नेताजी सुभास चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा पानीको ट्याँकरमा ठक्कर दिएको छ ।

कतार एयरवेजको क्युआर ५४० नम्बरको विमानले बिहीबार राति १ बजेर ५२ मिनेटमा विमानस्थलमा राखिएको ट्याँकरमा ठक्कर दिएको थियो ।

विमानस्थलका अधिकारीहरुका अनुसार, दुर्घटनामा विमानको मध्यभागमा क्षति पुगेको छ । विमानमा सवार चालक दलका सदस्यसहित सबै यात्रुलाई सुरक्षित रुपमा उद्धार गरिएको थियो ।

अधिकारीहरुले विमानमा भएको क्षतिको अनुसन्धान थालेको बताएका छन् । एएनआई