मोरङ सुनसरी सेवा समाजको साधारणसभा सम्पन्न : कतारमा कटुवाल निर्वाचित
ओम प्रकाश बानियाँ
दोहा, कतार
मोरङसुनसरी सेवा समाज कतारको १३ औ साधारण सभा सम्पन्न भएको छ ।
कतारको मिसाईड स्थित अम्वाज क्याटरिङ सर्भिसको परिसरमा आयोजित कार्यक्रमको सभापतित्व आयोजक कमिटीका अध्यक्ष योगेन्द्र कार्की, प्रमुख अतिथि एनआरएनए आई सी सी मध्य पूर्व संयोजक आर के शर्मा थिए । विशेष अतिथि अतिथिहरूमा टीबी कार्की, नरेन्द्र भाट, कमल मणि गुरागाई, बिलबहादुर गुरुङ, विनोद भट्टराई, कुमार कार्की, बिमल सुवेदी, देवीका के. सी. , एनसीसी कतारका अध्यक्ष नवीन पोख्रल साथै मोसुकाअग्रज तथा सल्लाहकारहरू, कतारमा स्थापित प्रमुख वैचारिक संस्थाका प्रमुखहरू, पत्रकार महासङ्घ, महिला समाज, जनजाति महासङ्घ, अनेसास, खस क्षेत्री समाज, जिल्ला संस्थाहरू, एनआरएनए अभियन्ताहरु, व्यवसायी, बुद्धिजीवी, सामाजिक अभियन्ताहरु, संचारकर्मी, कलाकार एवं मोसुबासीहरु सहित करिब ४०० को सहभागिता रहेको थियो । सहभागिहरुको मनोरञ्जनको लागि विभिन्न खेलकुदहरू, साङ्गीतिक प्रस्तुतीहरु तथा औपचारिक कार्यक्रम गरी विभिन्न चरणमा कार्यक्रम गरिएको थियो ।
करिब ३० जना सहभागी हाड फुटाई खेलमा भरत के. सी. र मनोज चौधरी विजयी भएका थिए भने महिला सहभागिहरुका लागि आयोजना गरिएको म्यूजिकल चियरमा पवित्रा मल्ल, शीतल बानिया र रिता लुइटेल क्रमशः प्रथम द्धितिय र तृतीय भएका थिए । आयोजक भर्सेस अतिथि सहित ६ टिम बिच ३ वटा फुटबल खेल समेत भव्यताका साथ सम्पन्न भएका थिए । कार्यक्रम संयोजक चिरन्जीवि तिम्सीनाले स्वागत गरे पश्चात् प्रमुख अतिथिबाट उद्घाटन तथा राष्ट्रिय गान गाउँदै सुरु भएको औपचारिक कार्यक्रममा संस्थालाई सहयोग गर्ने सहयोगिहरुलाई प्रशंसा पत्र, १२ औ साधारण सभाको निर्वाचन समितिलाई कदर पत्र प्रदान गरिएको थियो । त्यसै गरी एनआरएनएको आइसीसीमा निर्वाचित तथा मनोनितहरुलाई बधाई तथा शुभकामना, एवं एनआरएनए एनसीसी कतारका अध्यक्ष नगेन्द्र प्रसाद पोख्रेल(नवीन ) , पूर्व अध्यक्ष नरेन्द्र भाट तथा अग्रज सामाजिक अभियन्ता सागर नेपाललाई मानार्थ सदस्यता प्रदान गरिएको थियो ।
२०१७–१८ कार्यकालको सर्बोत्कृट कार्यसम्पादनकर्ताका रूपमा सहसचिव लिलानाथ घिमिरे घोषित भएका थिए । साधारण सभालाई अर्घाखाँची सेवा समाजका अध्यक्ष ठाकुर परियार, लम्जुङ सेवा समाजका महासचिव सीताराम थापा, पाथीभरा ताप्लेजुङ सेवा समाजका अध्यक्ष दुर्गा प्याकुरेल, प्रदेश नं. १ का संयोजक चुडामणि कार्की, पत्रकार महासङ्घ कतारका अध्यक्ष करिम बख्स मियाले शुभकामना व्यक्त गर्दै मोरङ सुनसरीको खुलेर प्रशंसा गरेका थिए । उनीहरूले मोरङ सुनसरी समाजबाट हामी लगायत कतारका अरू संस्थाले पनि सिक्नु पर्ने, दोहाको हकमा एउटा उदाहरणीय संस्था भएको बताए । शुभकामना दिने क्रममा जनजाति महासङ्घ कतारका अध्यक्ष देवराज राई, तराई मधेस लोकतान्त्रिक मन्चका हुसेन खान, नेपाली जनसम्पर्क समितिका महामन्त्री अजिज अलि, समाजसेवी सागर नेपाल, संस्थापक तथा सल्लाहकार चानक पोख्रेल, एनआरएनए एनसीसी अध्यक्ष नवीन पोख्रेल, पूर्व अध्यक्ष कमलमणी गुराँगाँई पनि शुभकामना व्यक्त गर्दै मोसुका विभिन्न आयामहरूका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि आर. के. शर्माले संस्थाको १३ औँ साधारण सभाको शुभकामना व्यक्त गर्दै मोरङसुनसरी धेरै योग्य र सक्षम व्यक्तित्व भएको संस्था भएकोले उहाँहरू भोलि अझ माथि सम्म जाने सम्भावना रहेको बताउँदै मोसुलाई आफूले आवश्यक सहयोग गर्ने बताए। साधारण सभाको दोस्रो सत्रले संस्थाका प्रगति र आर्थिक प्रतिवेदनहरू पास गर्नुका साथै सरोज बास्तोलाको संयोजकत्वमा कुमार कार्की र लोक तामाङ सदस्य रहेको विधान संशोधन समितिको प्रस्तावमा केही संशोधन समेत गरेको छ । विनेस तामाङको संयोजकत्वमा दुर्गा प्याकुरेल र सीताराम थापा सदस्य रहेको निर्वाचन समितिले प्रक्रिया अघि बढाए पश्चात् प्राप्त आवेदनहरूबाट २३ कार्य समिति चयन गरेको छ । जसको अध्यक्षमा तेज कटुवाल, उपाध्यक्षद्धयमा दिलीप पराजुली र भीम विश्वकर्मा, सचिव नियम भुजेल, कोषाध्यक्ष गोपाल कटुवाल, सहसचिवद्धयमा लिलानाथ घिमिरे भरत श्रेष्ठ, सहकोषाध्यक्षद्धयमा पर्शराम बास्तोला र सहकोषाध्यक्ष मनोज चौधरी तथा सदस्यहरूमा क्रमशः भोला बस्नेत, सन्जिव आचार्य, अमित चौधरी, राजनारायण चौधरी, मंगलसिंह तामाङ, भरत कटुवाल, तिर्थराज निरौला, ओम प्रकाश बानियाँ, रमा खड्का, सुनिता कोइराला, प्रेम राई, सोहेल अख्तर अन्सारी, पर्शुराम बन्जरा, किरण थापा सर्वसम्मत निर्वाचित भए ।
नवनिर्वाचित टिमलाई निर्वाचन समितिका संयोजक विनेस तामाङले सपथग्रहण गराएका थिए | अन्त्यमा नवनिर्वाचित अध्यक्षद्धारा हालसम्म संस्थाले गर्दै आएका योजनाहरूलाई निरन्तरता दिँदै आफ्नो कार्यकालमा केही नयाँ योजना सहित हाल सञ्चालित मोसु शैक्षिक अक्षयकोषलाई विशेष प्राथमिकताका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् |
सहभागिहरुलाई मनोरञ्जन दिन भरत के सी, रमला अधिकारी, माया भुजेल, तनुस्का कटुवाल, हरि नारायण चौधरी र अनुशा कार्कीले नृत्य प्रस्तुत गरेका थिए भने अच्यूत बस्ती, देव न्यौपाने र उज्ज्वल बास्तोलाले गीत प्रस्तुत गरेका थिए ।
औचारिक कार्यक्रम दिलीप पराजुलीले, साङ्गीतिक सेसन देवराज न्यौपानेले तथा खेलकुद एवं समापन समारोह टेकनाथ बरालले सञ्चालन गरेका थिए ।