राष्ट्रपतिको दुबई भ्रमणमा कतारको असन्तुष्ट हुनुका २ कारण - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

राष्ट्रपतिको दुबई भ्रमणमा कतारको असन्तुष्ट हुनुका २ कारण



नेपालका राष्ट्रपतिको युएई भ्रमणप्रति अर्को खाडी मुलुक कतारले कुटनीतिक च्यानलबाट असन्तुष्टि जनाएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

 

दुई कारण
जानकार स्रोतका अनुसार कतारले भण्डारीको भ्रमणप्रति असन्तुष्टि जनाउनुमा दुई कारण छन्। पहिलो, कतारमाथि युएई, इजिप्ट, साउदी र बहराइनले जारी राखेको नाकाबन्दीबाट उत्पन्न खाडी संकट। दो श्रो कतारको निम्तोप्रति राष्ट्रपतिको वेवास्ता।

भ्रमणको निम्ता
दूतावासका एक अधिकारीका अनुसार कतारका अमिरले राष्ट्रपति भण्डारीलाई एक वर्ष अघि फेब्रुअरी महिनामा राजकीय भ्रमणको निम्ता पठाएका थिए। त्यतिबेला राष्ट्रपति भण्डारीले पहिला भारत नगई आफू अन्य मुलुकको भ्रमणमा ननिस्कने बताएपछि कतार भ्रमणको लागि प्रक्रिया अघि बढेन।

राष्ट्रपति गत अप्रिलमा भारतको राजकीय भ्रमणमा गएर फर्केपछि कतार भ्रमणको तयारी गर्ने भनिए पनि जुन महिनामा कतारमाथि चार खाडी मुलुकले नाकाबन्दी गरेसँग भ्रमणको प्रक्रिया अघि बढ्न सकेको थिएन।

कतारले भ्रमणको निमन्त्रणा दिएपछि युएईले भण्डारीलाई निम्त्याएको हो। तर भण्डारीले कतार नभई युएई भ्रमण नै पहिला किन रोजिन् भन्नेबारेमा सरकारी अधिकारी र राष्ट्रपति कार्यालयका अधिकारी खुल्न चाहँदैनन्।

कतारको प्रश्न
दोहास्थित नेपाली राजदूत कोइरालासँग कतारी अधिकारीले ‘हामीले पहिले नै दिएको निमन्त्रणा नेपालले वेवास्ता गरिरह्यो । तर हामीसँग दुस्मनी साँधिरहेको मुलुक युएईको भ्रमणमा चाहीं नेपालका राष्ट्रपति एकाएक किन जान लागेको ? ‘ भनेर सोधेको स्रोतले बतायो ।

राष्ट्रपतिका बिदेश मामिला विज्ञ भट्टराईले कतार र युएईसँग नेपालको सम्बन्धको आफ्नै खाले विशेषता रहेकाले युएई भ्रमणलाई बिशुद्ध सद्भावना भ्रमणमा रुपमा बुझ्नुपर्ने बताए।