प्याजको मूल्य चर्को वृद्धि हुने, भारतले लगायो प्रतिबन्ध - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

प्याजको मूल्य चर्को वृद्धि हुने, भारतले लगायो प्रतिबन्ध



काठमाडौं- नेपालमा प्याजको मूल्य ह्वात्तै बढ्ने भएको छ । भारतले प्याज निकासीमा प्रतिबन्ध लगाएपछि अब भारतको प्याज नेपाल आउने छैन ।

प्याज निर्यातसम्बन्धी आफ्नो नीतिमा परिमार्जन गर्दै भारत सरकारले निकासीमा प्रतिबन्ध लगाएको हो। भारतीय उद्योग तथा आपूर्ति मन्त्रालयले सूचना जारी गर्दै प्याजको निकासीमा प्रतिबन्ध लगाएको छ।

मन्त्रालयको वैदेशिक व्यापार विभागका महानिर्देशक अमित यादवले गरेको हस्ताक्षर गरेको सूचनामा सबै किसिमका प्याजको निकासीमा प्रतिबन्ध लगाएको उल्लेख छ। भारत सरकारको यो निर्णयसँगै अब भारतीय प्याज नेपाली बजारमा आउने छैन।

भारतले आफ्नो बजारमा प्याज अभाव हुन थालेको र मूल्य बढ्ने क्रम नरोकिएका कारण प्याजको निकासीमा प्रतिबन्ध लगाइदिएको हो । नेपालमा भारतबाट प्याजको आयात भैरहेकाले अब प्याजको मूल्य ह्वात्तै बढ्ने र बजारमा अभाव हुने देखिएको छ ।

गत वर्ष पनि भारतले प्याजको निकासी रोक्दा नेपाली बजारमा प्याजको मूल्य आकाशिएको थियो।