नेविसंघद्धारा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन - Himal Post Himal Post
  • ५ बैशाख २०८२, शुक्रबार
  •      Fri Apr 18 2025
Logo

नेविसंघद्धारा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन



इलाम- इलाममा नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाको पुत्ला दहन गरेका छन् ।

नेपाल बिद्यार्थी संघ इलामले अनेकन बहानामा जनतालाई दुख दिएको भन्दै उनीहरुको पुत्ला दहन गरेको थियो ।

बुधबार नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले तनहुमा नियन्त्रणमा लिएको बिरोधमा उनीहरु आन्दोलित भएका छन् ।

नेविसंघले सरकार निरंकुश भएको र प्रहरीलाई विपक्षीविरुद्ध परिचालन गरेको आरोप लगाएका छन् ।

प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले सरकारले अनेक बहानामा जनतालाई दु:ख दिएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नारावाजी गरेका थिए ।