राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन - Himal Post Himal Post
  • २८ फाल्गुन २०८१, बुधबार
  •      Wed Mar 12 2025
Logo

राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन



काठमाडौं- मध्यरातमा संसद विघटन गरेपछि राष्ट्रपति र प्रधानमन्त्रीप्रति जनआक्रोश बढ्दो छ । शनिबार देशका विभिन्न स्थानमा प्रदर्शन भएका थिए ।

यस्तै विभिन्न दल, सामाजिक संस्था तथा बुद्धिजीवीसमेतले प्रधानमन्त्री र राष्ट्रपतिको कदमको विरोध गरिरहेका छन् । सामाजिक संजालदेखि चोकसम्म उनीहरूको कदमको बिरोध भैरहेको छ ।

यस्तै शिलशिलामा रौतहटमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले संसद विघटन गरेको विरोधमा जसपा उपेन्द्र समूह र माओवादी कार्यकर्ताहरूले पुतला दहन गरेका हुन् । जसपा प्रदेश कमिटी सदस्य बृजकिशोर यादवको नेतृत्वमा गरुडा बजारमा पुतला दहन गरिएको हो ।

त्यसैगरी माओवादीका नन्दलाल यादवको नेतृत्वमा शुकदेव चोक र राजपुर भेडियाही चोकमा पनि पुतला दहन गरिएको छ ।