भ्लादिमर पुटिनको राजीनामा माग्दै दशौं हजारले प्रदर्शन - Himal Post Himal Post
  • ११ मंसिर २०८१, मंगलवार
  •      Tue Nov 26 2024
Logo

भ्लादिमर पुटिनको राजीनामा माग्दै दशौं हजारले प्रदर्शन



एजेन्सी- रसियाको सुदूरपूर्वी क्षेत्रमा राष्ट्रपति भ्लादिमर पुटिनको विरुद्घमा करिब दश हजारले प्रर्दशन गरेका छन् । प्रदर्शनकारीले पुटिनको राजीनामा माग गरेको छन् ।

उनीहरुले आफ्नो क्षेत्रीय गभर्नरको रिहाईको माग गरेका छन् । गत साता त्यस क्षेत्रको गभर्नरलाई हत्याको आरोपमा प्रहरीले समातेको थियो ।

चीनको सिमानासँग जोडिएको सहर खाबरोवस्क र अन्य केही सहरहरुमा प्रदर्शन भइरहेको छ । यी प्रदर्शनहरुमा ठूलो संख्यामा मानिसहरु सहभागी हुने गरेका छन् ।

मस्कोको सडकमा हुने विरोध प्रदर्शनभन्दा फरक प्रदर्शन भइरहेको पाइएको छ । यी प्रदर्शनहरु पुटिनको लागि चुनौति बन्न सक्ने विश्लेषण गर्न थालिएको छ ।

यो प्रदर्शन लोकप्रिय गभर्नर सर्गेइ आइ फर्गलको गिरफदारीको विरुद्धमा भएको हो । उनी रसियाको केही प्रान्तको नेतामध्ये एक हुन जसले क्रेमलिनद्वारा नियन्त्रित राजनीतिसँग सम्बन्ध राख्दैन ।

लिबरल डेमोक्रेटिक पार्टीका सदस्य फर्गल सन २०१८ मा क्रेमलिन समर्थित उम्मेदवारलाई चुनावमा हराएर सत्तामा थिए ।

रसियाको गृह मन्त्रालयले अनुसार प्रदर्शनमा १० देखि १२ हजार मानिसको उपस्थिति आंकलन गरे पनि त्यहाँका स्थानीय मिडियाका अनुसार ४० हजार आसपास मानिस प्रदर्शनमा सहभागी भएका छन् ।