रुसका राष्ट्रपति पुटिनमाथि ट्विटरले गर्यो कारबाही - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

रुसका राष्ट्रपति पुटिनमाथि ट्विटरले गर्यो कारबाही



मस्को । विश्वकै चर्चित, प्रतिष्ठित एवं विश्वसनीय सामाजिक सञ्लमध्ये एक मानिने ट्विटरले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत ३०० भन्दा बढी रुसी सरकारका एकाउन्टका सामग्रीलाई सीमित पारेको छ ।

ती एकाउन्टलाई अबदेखि टाइमलाइन, नोटिफिकेसन वा साइटको कुनै पनि क्षेत्रमा सिफारिस नगरिने ट्विटरले जनाएको छ । ट्विटरले आफू सहस्त्र द्वन्द्वमा संलग्न अवस्थामा रहँदा खुला इन्टरनेट पहुँचमाथि बन्देज लगाउने कुनै पनि मुलुकमाथि कारबाही गरिने जनाएको छ ।

२४ फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेयता ट्विटरले रुसमा आफ्नो सक्रियता निकै कम पारेको छ । हाल ट्विटरमा पुटिनको दुईवटा आधिकारिक एकाउन्ट छन् । उनको एउटा एकाउन्ट रुसी भाषा र अर्को अंग्रेजीमा छन् । ती दुवै एकाउन्टमा क्रमशः ३६ लाख र १७ लाख फलोअर रहेका छन् ।

ट्विटरले भनेको छ, “रुसमा अहिले जनताका लागि इन्टरनेटमाथि नियन्त्रणको अवस्था रहेकोबेला रुसी सरकारी अधिकारीहरूलाई खुला रूपमा सामाजिक सञ्जाल साइटमा पोस्ट गर्न दिँदा खराब सूचनाको असन्तुलन सिर्जना हुन्छ ।”

मंगलबारको ट्विटरको यस निर्णपछि अब ३०० बढी रुसी सरकारी एकाउन्टका सामग्री ट्विटरको शक्तिशाली अल्गोरिथ्मले प्रवर्द्धन नगर्ने भएको छ ।

ट्विटरको कारबाहीको सूचीमा मन्त्रालय, दूतावासलगायत उच्च पदस्थ रुसी अधिकारीहरूका एकाउन्ट परेका छन् । यसअघि ती एकाउन्टहरूलाई युक्रेन युद्धबारे गलत सूचना फैलाउन दुरूपयोग गरिएको अरोप लाग्ने गरेको थियो ।

गत १० मार्चमा बेलायतस्थित रुसी दूतावासको आधिकारिक ट्विटर एकाउन्टले युक्रेनी सहर मारिउपोलमा रहेको एउटा मातृशिशु अस्पतालमा बमबारी गरिएको समाचार झुठो भएको जनाएको थियो ।