आफैले बनाएको बंकरमा फसे पुटिन - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

आफैले बनाएको बंकरमा फसे पुटिन



बीबीसी । युक्रेनमा हिंसा सुरु गरेदेखि रुस विश्वकै सबैभन्दा ‘कम उल्लेख्य मुलुक’ बनेको बेलायतका रक्षा मन्त्री बेन वालेन्सले बताएका छन् । संचारकर्मीहरुसँग उनले भने, “राष्ट्रपति पुटिन पहिलेको जस्तो शक्ति रहेनन् । उनी अहिले आफैँले बनाएको पिँजडाभित्र फसेको मान्छे बन्न पुगेका छन् ।”

उनले थपे, “पुटिनका सेना थाकिसकेका छन् । रुसलाई वास्तवमै उल्लेखनीय क्षति पुगेको छ । यति मात्र होइन उनको महान सेनाको प्रतिष्ठा पनि यसले ध्वस्त पारिदिएको छ । युक्रेनमा उनले जे गरिरहेका छन्, त्यसको परिणाम त छँदै छ साथै पुटिनले आफ्नै सेनासँग जुन अन्याय गरे त्यसको भयावह परिणामलाई पनि अपनाएर बाँच्नुपर्ने हुन्छ ।”

वालेसका अनुसार रुसी सेना अहिले पुनः समूह बनाइरहेका छन् र युक्रेनको दक्षिण अनि पूर्वी क्षेत्रमा केन्द्रित रहन खोजिरहेको देखिन्छ ।

उनले अगाडि भने, “हामीले यस्तो पहिले पनि देखेका छौँ । यो अब झन झन खराब स्थितिमा पुग्नेछ । उनीहरूले सर्वसाधारणमाथि हमला गर्नेछन् बढीभन्दा बढी आवासीय क्षेत्रलाई निशाना बनाउनेछन् ।”

यसका साथै उनले युक्रेनलाई अन्तर्राष्ट्रिय समुदायले अझ बढी सैन्य उपकरण, सवारी साधन र हातहतियार उपलब्ध गराउन स्वीकार गरेको पनि जानकारी दिए । बीबीसी