पूर्व राजाको छाँयाबाटै सांसदहरु आतंकित ! - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

पूर्व राजाको छाँयाबाटै सांसदहरु आतंकित !



काठमाडौं । २०६३ सालमा जारी भएको अन्तरिम संविधानले नै २४० वर्ष पुरानो राजतन्त्र समाप्त पारेको थियो । अन्तरिम संविधानले राजतन्त्र समाप्त पारेको घटनालाई २०७२ साल असोज तीन गते संविधानसभाले जारी गरेको संविधानको अनुमोदन गरेको थियो । यसरी राजतन्त्र समाप्त भएर गण्तन्त्र स्थापना भएसँगै तत्कालीन महाराजा ज्ञानेन्द्र शाह पनि आम जनतामा रुपान्तरण भएका थिए ।

संविधानसभाले रुपान्तरण गरेको यो हैसियतलाई पूर्व राजा ज्ञानेन्द्रले स्वीकार गरेको उनका गतिविधिले देखाइराखेको छ । तर अहिलेका राजनीतिक नेताहरु आफ्नो गल्ती कमजोरी ढाकछोप गर्नका लागि राजाबाट नागरिक भएका ज्ञानेन्द्र शाहलाई नै ढालको रुपामा प्रयोग गर्न थालेर आफ्नो कजोरी देखाउन थालेका छन् ।

यस क्रममा नेकपाका अध्यक्षसमेत रहेका पुष्पकमल दाहालले पूर्व राजा ज्ञानेन्द्र पारिवारिक समारोहमा नाचेको घटनाप्रति सार्वजनिक रुपमा आपत्ति जनाएका थिए । यसैगरी गत साता संसदको सुन्य समयमा केही सांसदले पूर्व राजा ज्ञानेन्द्र शाहरुलाई घुमफिरमा रोक लगाउनुपर्ने माग गरेका छन् । राजाबाट नागरिक बनेका ज्ञानेन्द्र शाहलाई यो संविधानले अन्य नागरिकलाई दिए सरहको अधिकार दिएको छ ।

र कानुन नमिचिकन आफ्ना क्रियाकलाप संचालन गर्ने अधिकार पनि पूर्व राजा ज्ञानेन्द्रसँग रहेको यही संविधानले सुरक्षित गरिदिएको छ । यस्तो अवस्थामा पूर्व राजा ज्ञानेन्द्रको घुमफिर लगाएतका गतिविधिमाथि राज्यले नियन्त्रण गर्नुपर्छ भनेर कानुनकै निर्माता रहेका केही सांसदहरुले आफ्नै आङ् कन्याएर धुलो उडाउन थालेका छन् ।

यो खबर आजको साप्ताहिक साँघुबाट ।