पूर्व प्रेमिकाको हत्या गरेर शब कुकुरलाई खुवाउने खेलाडी - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

पूर्व प्रेमिकाको हत्या गरेर शब कुकुरलाई खुवाउने खेलाडी



ब्राजिल, एजेन्सी, ३ चैत ।

ब्राजिलका एक फुटबल क्लबले गोलकिपरलाई अनुबन्ध गर्दा आलोचनाको सामना गर्नुपरेको छ।

यी गोलकिपर सन् २०१० मा आफ्नी पूर्व प्रेमिकाको हत्या गरेको आरोपमा दोषी ठहर भएका थिए। ब्रुनो नामबाट चर्चित ब्रुनो फर्नाण्डिसलाई सोमबार बोआ स्पोर्ट्सले अनुबन्धित गरेको छ।

केही साताअघि मात्रै उनी जेलबाट रिहा भएका थिए। सन् २०१३ मा ब्रुनोलाई २२ वर्षको जेल सजाय सुनाईएको थियो। उनी आफ्नी पूर्व प्रेमिका एलिजा समुदियोको अपहरण र हत्याको घटनामा दोषी पाइएका थिए।

यद्यपि यस घटनामा उनले गरेको अपीलका आधारमा उनी रिहा भएका हुन्। सन् २०१० मा ब्रुनो फर्नाण्डिस फस्र्ट डिभिजन फुटबल क्लब फ्लामेंगोका सफल गोलकिपर थिए र सन् २०१४ को फिफा विश्वकपमा समेत उनले खेल्न सक्ने अनुमान गरिएको थियो।

उनले आफ्नो बयानमा एलिजाको हत्या गरेर कुकुरलाई खान दिएको स्वीकार गरेका थिए। ब्रुनो उनका छोराका लागि गुजारा भत्ता दिनबाट बच्नका लागि हत्या गरेका थिए। आजको राजधानी दैनिकले खबर छापेको छ।