पूर्व पत्रकार भुसाल विवेकशील साझाबाट उम्मेदवार
हिमाल पोस्ट /अर्घाखाँची २६
अर्घाखाँची जिल्लामा लामो समय पत्रकारिता गरी हाल केही समय अघिबाट सक्रिय पत्रकारिता सुरु गरेका हरि प्रसाद भुसाल समानुपातिक उम्मेदवार सिफारिस भएका छन् ।
नेपाल पत्रकार महासङ्घको सदस्यता त्याग्दै राजनीतिमा प्रवेश गरेका भुसाललाई विवेकशील साझा पाटीृले प्रदेश संसद्को लागि अर्घाखाँची जिल्ला क्षेत्र नं. १ बाट समानुपातिक उम्मेदवारको रूपमा सिफारिस भएका हुन् ।
सुसंस्कृत राजनीति आवश्यक भएको भन्दै सुरु गरिएको विवेकशील साझा पार्टीले अर्घाखाँची जिल्लाबाट प्रतिनिधि सभामा समानुपातिक उम्मेदवारको रूपमा विष्णु मिश्रलाई अगाडी सारेको छ भने क्षेत्र नं. २ को प्रदेश सांसदको लागि समानुपातिक तर्फ गणपती भुसाललाई अगाडी सारिएको छ ।