पुरुषको बेवारिसे शव फेला - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

पुरुषको बेवारिसे शव फेला



सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा आज एक पुरुषको बेवारिसे शव फेला परेको छ ।

मलङ्गवा–९ मन्दिरस्थित नाम, वतन नखुलेको अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मृतक व्यक्ति मलङ्गवा बजारमा बोतल सिसी सङ्कलन गर्ने र मागी खाँदै आएको स्थानीयवासीले जनाएका छन् । शव सर्लाही अस्पताल मलङ्गवामा राखिएको छ ।फाइल तस्बिर