अब पुरुषका लागि गर्भनिरोधक चक्की ! - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

अब पुरुषका लागि गर्भनिरोधक चक्की !



महिलाहरुमा जस्तै पुरुषका लागि पनि गर्भनिरोधक चक्कीको परीक्षण गरिएको छ।

हालै विज्ञहरुको मेडिकल सम्मेलनले यसको परीक्षण गरेको हो।

दैनिक एउटा चक्कीको प्रयोगले पुरुषको वीर्य उत्पादन रोक्ने छ। यो खबर आजको नागरिक दैनिकले छापेको छ।

गर्भनिरोधक उपायका रुपमा हालसम्म पुरुषका लागि कण्डम र स्थायी बन्ध्याकरण मात्र विकल्प थिए।

यी दुबैको सट्टा चक्की स्वागतयोग्य विकल्प भएको बताइएको छ। तर, शारीरिक रुपमा यो हर्मोनले पुरुषको यौन र वीर्य उत्पादन क्रिया गुम्दैन भन्ने कुरामा भने आशंका छ।