हेटौँडामा पुरुषले नै गरे पुरुषको बलात्कार - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

हेटौँडामा पुरुषले नै गरे पुरुषको बलात्कार



काठमाडौं । हेटौँडा–८ कमानेका ६० वर्षीय केशव सिम्खडाले ३० वर्षीय सुस्त मनस्थितिका युवकलाई करणी गरेको खबर बाहिर आएको छ । स्थानीय आमा समूहले सिम्खडालाई मोसो दलेर गाउँ घुमाएका छन् भने प्रहरीमा माफी मगाएका छन् ।

अन्नपूर्ण पोष्टका अनुसार, मंगलबार साँझ मनकामना चोकमा सिम्खडाले सुस्त मनस्थितिका युवालाई करणी गरेको दुई महिलाले देखेका थिए । बुधबार उनीमाथि आमा समूहले मोसो दलेको हो । पीडकले माफी माग्नुका साथै गाउँले आएर एकपटकलाई छाडिदिनु भनेपछि सिम्खडालाई छाडिएको छ ।

कानुनमा यस्तो घटनामा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने उल्लेख छ । मकवानपुरका एसपी बुदिराज गुरुङले भने आफ्नो क्षेत्रमा यस्तो घटना भएकोबारे थाहा नभएको प्रतिक्रिया दिएका छन् ।