पुनर्वासमा भेटिएको दुर्लभ जाती अजिङ्गर वनमा छोडीयो - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

पुनर्वासमा भेटिएको दुर्लभ जाती अजिङ्गर वनमा छोडीयो



धन बहादुर बिक / पुनर्वास ।
जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास मा शनिबार दुर्लभ वन्यजन्तु अजिङ्गर भेटिएको छ । शनिबार राति करिब साडे दस बजे पुनर्वास नगरपालिका- ११ स्थित डोकेबजार प्रहरी चौकि देखि पचास मिटर पुर्व पट्टी पक्की सडकमा हिंडिरहेको अवस्थामा फेला पारी प्रहरीले वनलाई बुझाएको छ ।

प्रहरी चौकिका हवल्दार प्रेम बहादुर चौधरीले दिएको जानकारी अनुसार पुनपा -११ का अटो रिक्सा चालक कृष्ण बहादुर परियारले सवारी लिएर डोकेबजार जाँदै गरेको अवस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए भने प्रहरीले उक्त दुर्लभ वन्यजन्तु अजिङ्गर लाई नियन्त्रणमा लिई कुण्डा सेक्टर वन कार्यालयलाई सुचना गरि हस्तान्तरण गरृका थिए ।

पहेँलो कालो र सेतो पाटे परेको ८ फिट अाठ ईन्च लामो दश ईन्चि मोटो अजिङ्गर अाईतवार बिहान प्रहरी , वन सुरक्षाकर्मि , सामुदायिक वनका पदाधिकारी तथा पत्रकार को रोहवरमा मुचुल्का उठाई उक्त अजिङ्गर लाई पुनपा – ११ स्थित स्थानीय अमरगोकुल सामुदायिक वनमा सुरक्षित तवरले छोडीएको छ ।

दुर्लभ वन्यजन्तु अजिङ्गर छिमेकी राष्ट्र भारतिय जंगल बाट घुम्दै अाएको हुनसक्ने कुन्डा सेक्टर सहायक वन अधिकृत दिनेश कुमार यादवको भनाइ रहेको छ । यस्ता दुर्लभ जाती वन्यजन्तु अजिङ्गर लाई कसैले मार्ने काम गरेमा वन एेन अनुसार पाँच बर्ष जेल सजाय हुनसक्ने पनि वन अधिकृत यादवले बताए । दुर्लभ वन्यजन्तु अजिङ्गर लाई अवलोकन गर्न सयौं जना स्थानीय ले चासो देखाएका थिए ।