पुनर्वास हत्याकाण्डका अभियुक्तलाई पक्राउ गरि सार्बजनिक - Himal Post Himal Post
  • २३ पुष २०८१, मंगलवार
  •      Tue Jan 7 2025
Logo

पुनर्वास हत्याकाण्डका अभियुक्तलाई पक्राउ गरि सार्बजनिक



किशोर तामाङ / पुर्नवास ,कञ्चनपुर ।
कञ्चनपुरको पुनर्वासमा विगत लामो समयदेखि हत्याकाण्ड मच्चाउँदै आएका अभियुक्त पक्राउ परेका छ्न । कञ्चनपुर प्रहरीले हत्याकाण्डको दोषी रामलाल रानालाई बुधबार सार्वजनिक गरेको हो ।
पुर्नवास नगरपालिका-११ टाउके बजारमा कुटी बनाएर बस्दै आएका बर्ष ६६ का अभियुक्त राना कञ्चनपुर र कैलालीको सिमाक्षेत्रबाट पक्राउ गरेको हो ।

प्रहरीको भनाइ
कञ्चनपुर पुनपा वडा न-११ भीम बस्ती बस्ने बर्ष ६४ कि पानमती धामी खाना खाएर बाख्रा चराउन भनी नजिकै रहेको लालझाडी बनमा गएकी थिईन। बेलुकीको समयमा बाख्राहरु घरमा आएको तर निज पानमती धामी घरमा नआएकी हुदा आफन्तले खोजि गरेको तर नभेटाएपछी फर्कि आई अर्को दिन बिहान ६ बजेको समय देखी प्रहरी र गाँउका अन्य मानिसको संयुक्त खोजि दलले खोजी गर्न गएकोमा घटना भएको भोलिपल्ट बिहान ७ बजेको समयमा सोही जंगल भित्र अन्दाजी २ किमि टाढा धारिलो हतीयारले प्रहार गरी छिया छिया भएको रगताम्य अवस्थामा मृत शरीर फेला परेको थियो । उक्त लाश वरपर हेर्दै जादा केही पर रगतको दाग देखिएकोले निजको घट्नास्थल अन्तै हुन सक्ने अशङ्का गरिएको थियो ।

अनुसन्धान गर्दै जांदा उक्त लाश फेला परेको ठाउँ भन्दा अन्दाजी १•५ किमि पश्चिम साना झाडीमा निज मृतकको दोपट्टा रहेको, सो भन्दा केही पर मृतकको चप्पल, उक्त चप्पल भन्दा अन्दाजी २० मि.पश्चिममा रगतको आहाल भेटिएको थियो । अनुसन्धान सुक्ष्म ढङगबाट गर्दै जाँदा नजिकै मृतकको बांया कानको मुन्द्रा , सेतो धागो सहितको टाँक र १० मिटर टाढा दाउराको भारी भेटिएको थियो ।

उक्त घट्नामा संलग्न व्यक्तिको पहिचान भने हुन सकेन । तत्पश्चात घट्ना अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी निरिक्षक हिरेन्द्र बहादुर रोकायाको कमाण्डमा टोली खटीई गई उक्त घट्नाको अनुसन्धान गर्दा मृतकलाई सुरुमा प्रहार गरेको स्थान भन्दा अन्दाजी ५० मिटर पुर्व तर्फ पाईएको रातो बुट्टेदार पुरानो कपडाको टालोले बनेको पोको फेला पारी उक्त टालो भित्र के छ भनि खोली हेर्दा पासपोर्ट साईजको फोटो -३ थान,रु २० बिसको -१ थान , रु ५० पचासको -१ थान गरी जम्मा रु. ७० फेला परेको र उक्त फोटोमा भएको व्यक्ती पहीचानको लागी व्यापक रुपमा सोधखोज गर्दा निज व्यक्ती जिल्ला कञ्चनपुर, बेलौरी रिछाहा स्थाई घर भई हाल पुनर्वास नगरपालिका वडा नं-११ डोकेबजार नजिक कुटी बनाएर बस्ने गरेको बाबा हो भनि पत्ता लागी निजलाई नियन्त्रणमा लिई निज संग सोधपुछ थालनी गरेको हो ।
अभियुक्त रामलाल रानाको भनाइ

घटना भएको दिन बिहान आफु माग्न कुटी बाट निस्किमाग्दै जाने क्रममा नौरङगा भन्ने स्थानमा पुग्दा सो ठाउंमा नाम थाहा नभएका चौधरी समुदायका व्यक्तीहरु जांड खाईरहेको र आफुलाई पनि निजहरुले खान दिएको खाईसके पश्चात नशाको सुरमा जंगलको बाटो हुँदै कुटी तर्फ जाने क्रममा बिच जंगलमा दाउरा बोकी बाख्रा चराउदै हिडीरहेकी वृद्धा महिलालाई बाटोको बारेमा सोधनी गर्दा विवाद भयो ।

सामान्य विवाद हुदा मेरो शरीरमा हात हाले पछी मलाई रिस उठी निजलाई सुरुमा काठको लट्ठीले हाने, त्यसपछी आफ्नो साथमा रहेको हसियाले निजको टाउको तथा शरीरका अन्य भागमा समेत प्रहार गरेको हुँ । घटना पश्चात निज सोही ठाउँमा ढलेकी र आफू त्यहाँबाट हडबडाउदै लुकीछिपि गर्दै आफ्नो कुटीमा रातको समयमा पुगेको हुँ ।

हत्याकाण्डका दोषीले यस घटनाको जिम्मेवारी लिए संगै गत साउन २९ गते पुनर्वास-११ भिमवस्ती स्थित सिद्धदेवी मन्दिर परीसरको धर्मशालामा माता धर्मा मल्लको हत्यामा पनि अभियुक्त रामलाल रानाको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । पुनर्वासमा भईरहेको शृङ्खलाबद्ध हत्याकाण्डको रहस्यको पर्दा उठाउन केहि हदसम्म कञ्चनपुर प्रहरीले सफलता प्राप्त गरेको छ ।