"पुनर्वास क्षेत्र अन्नकाे भण्डार हाे" : कृषी राज्य मन्त्री चाैधरी - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

“पुनर्वास क्षेत्र अन्नकाे भण्डार हाे” : कृषी राज्य मन्त्री चाैधरी



जुद्ध चाैधरी

पुनर्वास,कञ्चनपुर  । कृषी तथा सहकारी राज्य मन्त्री बिनिता चाैधरीले कञ्चनपुरकाे पुनर्वास भरपूर खेती याेग्य जमीन भएका कारण अन्नकाे भण्डार रहेकाे बताउनु भएकाे छ। अाज पुनर्वासकाे वार्ड नं.६ प्रगति टाेल स्थित किसान जागरण बहुमुखी सहकारी सँस्थाले अायाेजना गरेकाे अन्नबाली वीजवृद्धी कार्यक्रमकाे शुभारम्भ तथा शेयर सदस्यहरूकाे प्रशिक्षणात्मक कार्यक्रममा बाल्दै उहाँले साे कुरा बताउनु भएकाे हाे।

कार्यक्रममा बाेल्दै राज्य मन्त्री चाैधरीले कृषि क्षेत्रमा अाधुनिकिकरण नहुदा सम्म किसानहरू कृषि क्षेत्रबाट लाभ लिन नसक्ने बताउनु भयाे। कृषि अाैजार,किटनाशक अाैषाधी,सिचाई,मलखाद अादीकाे राम्राे ब्यबस्थापन गर्न सके मात्र कृषि क्षेत्रकाे विकास हुने बताउनु भयाे। अबकाे स्थानिय सरकारले किसानहरूका लागि चाहिने मलखाद तथा बिउबिजन समयमै पाउने र अभाव पनि नरहने दाबी गर्नु भयाे। पुनर्वास क्षेत्रमा पानी सिँचाईकाे ब्यवस्थाका लागि साेलार प्यानल सहितकाे माेटरका लागि पनि प्रदेश सरकारमा छलफल चलिरहेकाे र चाँडै याे नीति लागुहुनेमा पनि उहाँले जाेड दिनु भयाे।

त्यसै गरि अाजै किसान जागरण बहुमुखी सहकारी सँस्थाले बिगत ३ बर्ष देखि सञ्चालनमा ल्याएकाे ग्रेडर मेशिनकाे समेत राज्य मन्त्री चाैधरी, सहकारी सँस्थाका पदाधिकारी तथा राजनितिक दलका प्रतिनिधिहरूले अवलाेकन गरेका छन। ग्रेडर मेशिनले विभिन्न अन्नबालीकाे अाकार तथा उमार शक्ति अनुसार अलग अलग गर्ने हुनाले यसले बिशुद्ध बीऊबीजन तयार गर्नमा ठुलाे सहयाेग मिल्ने सहकारी सँस्थाका सचिव कृष्ण प्रसाद पण्डीतले जानकारी गराउनु भयाे।

ग्रेडर मेशिन जडान भए देखि पुनर्वासका किसानहरूलाई धेरै फाईदा भएकाे सहकारी सञ्चालककाे दाबी रहेकाे छ। ग्रेडर मेशिनले बिउका लागी धान,गहुँ,मकै,ताेरी,मसुराे अादी बालीकाे ग्रेडर गर्दै अाएकाे छ।