पुर्ण सरसफाइमा जुटे नयाँबस्तिका जनता ! - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

पुर्ण सरसफाइमा जुटे नयाँबस्तिका जनता !



कमल बिस्ट /कार्तिक ११ अर्घाखाँची)

सितगङ्गा नगरपालिका -९ नयाँबस्ति अर्घाखाँचीको आयोजना र यु एन ह्याभिट्याट र प्रकाश सचेतन समूह (प्राग ) को सहजीकरणमा सरसफाइ सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।


सितगङ्गा नगरपालिका ९ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि भिम केसिले मन्तव्य राखै सरसफाइ जिवनको अभिन्न अङ्ग रहेको बताउदै हरेक क्षेत्रको बिकासका लागि सरसफाइ अपरिहार्य रहेको बताउनुभयो त्यस्तै कार्यक्रममा प्रागका कार्यकारी निर्देशक प्रेमनारायण गैरेले मन्तव्य राखदै अर्घाखाँचीको दुर्गम क्षेत्रमा रहेपनी नयाँ बस्तिलाइ पुर्ण सरसफाइ युक्त नमुना बस्ती बनाउने आफुहरुको लक्ष्य रहेकोले यस्मा स्थानीय बासी सबै लागिपर्न आह्वान गर्नुभयो त्यस्तै कार्यक्रममा पत्रकार अर्जुन भुसाल लगायतको मन्तव्य र पत्रकार कमल बिस्ट र सिद्धार्थ केसि लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रम समुहकी उपाध्यक्ष झबि रानाको अध्यक्षता, प्रागका परियोजना संयोजक भविश्वर पौडेलको संचालन र यु एन ह्याबिट्याटकी जिल्ला संयोजक बिस्णु दवाडीको सहजीकरणमा सप्पन्न भएको थियो ।