पूर्व युवराज पारस शाह कैलालीको धनगढीमा - Himal Post Himal Post
  • १० आश्विन २०८१, बिहीबार
  •      Thu Sep 26 2024
Logo

पूर्व युवराज पारस शाह कैलालीको धनगढीमा



धनगढी , कैलाली । कर्मनिष्ठ अभियानका क्रममा देशव्यापी भ्रमणमा निस्किएका पूर्व युवराज पारस शाह बुधवार कैलालीको धनगढीमा आईपुगेका छन् ।

मनकामना र गोरखनाथ मन्दिरको दर्शनपछि समर्थक सहित स्थलमार्ग भएर देशव्यापी भ्रमणमा निस्किएका पूर्व युवराज पारस नेपालगञ्जको बसाई सकेर बुधवार धनगढी आईपुगेका हुन् ।

धनगढीमा पूर्व युवराज पारसलाई उनका समर्थकहरुले स्वागत गरे । उनी केही दिन धनगढीको रुवस होटलमा बस्ने छन् ।

शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतले देशको र जनताको अवस्था बुझ्न र कर्मनिष्ठ अभियानका क्रममा पूर्व युवराज पारस देशव्यापी भ्रमणमा निस्किएको बताए ।
उनले पूर्व युवराज पारस राजमार्गमा गाईको दुरावस्था देखेर चिन्तित भएको बताए । उनले पूर्व युवराज पारस करीव एक हप्ता प्रदेश नम्बर ७ मा रहने जानकारी दिए ।फाइल तस्वीर :