२० वर्ष पुराना गाडी फेरि सञ्चालनमा ल्याउन दिने सरकारको तयारी - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

२० वर्ष पुराना गाडी फेरि सञ्चालनमा ल्याउन दिने सरकारको तयारी



सरकारले २० वर्ष पुराना गाडी फेरि सञ्चालन दिने तयारी गरेको छ। पुराना सवारीसाधनले दुर्घटना र प्रदूषण बढाएपछि सरकारले नै डेढ वर्षअघि यस्ता गाडी सञ्चालनमा रोक लगाएको थियो।

काठमाडौं र पोखराबाहेकका क्षेत्रमा २० वर्ष पुराना गाडी सञ्चालन गर्न दिने प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिपरिषदमा पु¥याएको छ।

यसलाई मन्त्रिपरिषदबाट स्वीकृत गराउने तयारी रहेको छ । काठमाडौं र पोखराबाहेकका क्षोत्रमा भेहिकल फिटनेस र यातायात व्यवस्था विभागका प्राविधिकले सवारी चल्न योग्य भएको प्रतिवेदन पेस गरेका आधारमा सञ्चालन गर्न खोजिएका हो।

लामो दूरी र पहाडी क्षेत्रमा चल्ने अधिकांश गाडी बलिया हुने मन्त्रालयको उच्च अधिकारीको दाबी छ। ‘अहिलेका नयाँ गाडीभन्दा ती पुराना गाडी धेरै स्तरीय छन्,’ नाम नबताउने शर्तमा ती अधिकारीले भने, ‘उमेर बढेसँगै गाडी मानिसजस्तो बुढा हुँदैन।’, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।