ओलीको प्रस्तावमाथि प्रचण्डले काउन्टर गर्ने: तयार पारे पुरक प्रस्ताव - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

ओलीको प्रस्तावमाथि प्रचण्डले काउन्टर गर्ने: तयार पारे पुरक प्रस्ताव



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आजको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीको प्रस्तावमाथि काउन्टर गर्ने भएका छन् ।

प्रचण्डले आज बस्ने बैठकमा प्रधानमन्त्री ओलीले पेश गरेको प्रस्तावलाई काउन्टर गर्नेगरी पूरक प्रस्ताव तयार पारेको स्रोतले बताएको छ।

पछिल्लो समय नेकपामा चलेको पत्रयुद्ध अझै अगाडीसम्म चल्ने देखिएको छ । अध्यक्ष प्रचण्डले तयार पारेको पुरक प्रस्ताव आजको सचिवालय बैठकमा पेश गर्ने कि आउँदो समिति बैठकमा पेश गर्ने भन्नेबारे छलफल चलिरहेको एक नेताले बताएका छन् । कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले १९ पृष्ठ लामो प्रतिवेदन पेश गरेपछि त्यसको जवाफमा अध्यक्ष केपी शर्मा ओलीले मंसिर १३ गते ३८ पृष्ठको प्रस्ताव पेश गरेका थिए ।

स्रोतका अनुसार ओलीले प्रस्तावमा उठाएका विषयबारे प्रचण्डले पनि लिखित रुपमा नै जवाफ दिनका लागि प्रतिवेदन तयार पारेको बताइएको छ ।