पुरैना तालको प्रचारप्रसार तथा पर्यटन विकासका लागि महोत्सव - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

पुरैना तालको प्रचारप्रसार तथा पर्यटन विकासका लागि महोत्सव



हिमाल पोस्ट / सुखड,कैलाली ।
कैलालीको बर्दगोरीया गाउपालिका वडा नंं ४ मुडा बजारमा शिवरात्री बर्दगोरीया पुरैना ताल पहिचान महोत्सव संचालन हुने भएपछी यस तालले चर्चा पाउन थालेको छ ।

बर्षौ देखी ओझेलमा रहेको र कसैको नजर नपुगेको पुरैना तालको प्रचार प्रसार गरी पर्यटन क्षेत्रको रुपमा बिकाश गर्न सहयोग पु¥याउने उदेश्यले महोत्सवको आयोजना गर्न लागीएको मुडा बजार बिकाश समितीले जनाएको छ ।

परापुर्व काल देखी नै यो ताल रहेको र हाल सम्म कसैको नजर जान नसकेकाले ओझेलमा परेको पाईएको छ । अनुमानीत १२÷१३ बिघाह क्षेत्रफलमा फैलीएको स्वस्च्छ र सुन्दर तालमा ढुंगा समेत संचालन गर्न सकिन्छ । तालको बिचमा रहेको मन्दीरले यसको महत्व झन थपेको र वर परका दुईवटा तालले यो तालको बनावटमा अझ सुन्दरता भरेको भान हुन्छ ।

परापुर्व काल देखीनै बिशेष गरी थारु समुदायले आफनो देवी देउता पुज्ने बिशेष स्थानको रुपमा यो ताल क्षेत्रलाई मान्दै आएको भएपनी हाल भने यस्तो अवस्था नभएको थारु समुदायका अगुवाहरु बताउछन । यस ताल क्षेत्रमा घोडाघोडी तालमा जत्तीकै र जस्तै चराचुरुङ्गी देखीने भएता पनी कुन कुन जातका र कती चराहरु छन भन्ने आकडा भने निकालीएको छैन । धेरै ठुलो क्षेत्रफलमा फैलीएको सामुदायिक वन तथा चुरे संग समिा जोडीएका वन जंगल भएकाले थुप्रै जंगली जनावरहरु समेत देखीने गरेको जानकारहरुको बताउछन ।

पर्यटकीय क्षेत्रमा अथाह सम्भावना बोकेको पुरैना तालमा हाल सम्म सरकार तथा बिभिन्न संघ संस्थाको नजर भने पर्न सकेको छैन । यस ताललाई पर्यटकीय क्षेत्रको रुपमा बिकाश र बिस्तार गर्न सके बर्दगोरीया गाउपालिका मात्र होईन समग्र सुदुरपश्चिम प्रदेशको आर्थिक सम्बृद्धी संग यसलाई जोडन सकिने कतीपयको भनाई छ ।