पंजावको लुधियानामा शिव परियार र शंकर बिसी संगै आउदै छन् यी कलाकार
नेपाली कला संस्कृतिको जगेर्ना गर्ने हेतुले हरेक नेपाली वर्षको उपलक्ष्यमा भारतमा रहेका कुनै न कुनै नेपाली सङ्घ संस्थाले सांस्कृतिक कार्यक्रम गर्दै आएका छन्।
सोही क्रममा भारत पन्जाब स्थित अप्रिल २२ तरिकाका दिन’नेपाली कला संस्कृतिको जगेर्ना ,उत्थान र विकास गरौँ भन्दै न्यु सागर एण्ड सगरमाथा टुर एण्ड ट्राव्लस प्रालि , OS DJ र रश्मि क्याटर्सद्वारा ‘नयाँ वर्ष सांस्कृतिक धमाका २०७५’ गरिने भएको छ ।
प्रवासमा रहेपनि आफ्नो देशको कला ,संस्कृति ,परम्परा र भेषभुषा विभिन्न समयमा विभिन्न सङ्घ संस्थाद्वारा निरन्तरता दिँदै आएका छन् ।
कार्यक्रममा नेपालबाट ख्यातिप्राप्त कलाकारहारु शिव परियार ,शङ्कर बिसी ,पूर्णकला बिसी ,शिलु भट्टराई ,नारायण बिपी ,दिपु मगर ,पुर्षोत्तम भण्डारी ‘पर्खे बा ‘,विष्णु श्रीपालि ,एलिना देउजा आदिको प्रस्तुति रहने छ ।
विगत लामो समयदेखि न्यु सागर एण्ड सगरमाथा टुर एण्ड ट्राव्लसले लुधियाना ,जालन्धर,हिसार र करनाल देखि नेपाल आवत जावतको लागि सेवा दिँदै आएको छ ।विगतका दिनमा पनि विभिन्न कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रम २२ अप्रिल गुरुनानक भवन ,भारतनगर चोक चौक लुधियानामा बिहान १० बजे देखि हुने छ ।