सन्दीपको दिल्ली पराजित, साम करणको ह्याट्रिक - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

सन्दीपको दिल्ली पराजित, साम करणको ह्याट्रिक



एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्स पराजित भएको छ ।

सोमबार भएको खेलमा दिल्ली किङ्गस इलाभेन पन्जाबसंग १४ रनले पराजित भएको हो ।

बिन्द्रा स्टेडियममा पन्जाबले दिएको १६७ रनको लक्ष्यसहित ब्याटिङ गरेको दिल्ली १९ ओभर २ बलमा अलआउट हुँदै १५२ रनमा समेटियो ।

दिल्लीका लागि ऋषब पन्तले सर्वाधिक ३९ तथा कोलिन इन्ग्रामले ३८ रन बनाए । यस्तै शिखर धवनले ३० तथा कप्तान श्रेयस आयर २८ रनमा आउट भए ।

पन्जाबका साम करणले ४ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभरमा ९ विकेट गुमाएर १६६ रन बनाएको थियो ।

खराब सुरुवात गरेको पन्जाबका लागि डेभिड मिल्लरले ४३ तथा सर्फराज खानले ३९ रन बनाए । यस्तै मन्दिप सिंहले अविजित २९ , साम करणले २० रन जोड्दा लोकेश राहुलले १५ रन बनाए ।

दिल्लीका क्रिस मोरिसले २ तथा कागीसो राबडा र सन्दीपले २/२ विकेट लिए ।

पन्जाबविरुद्ध सन्दीपले उत्कृष्ट प्रर्दशन गर्दै उनले २ विकेट लिए । सन्दीपले ४ ओभर बलिङ गर्दै २७ रन खर्चिएर २ विकेट लिए ।

पन्जाबविरुद्ध सन्दीपले आफ्नो पहिलो र चौथो ओभरमा विकेट लिन सफल भएका थिए । सन्दीपले पहिलो ओभरमा साम करणलाई २० रनमा एल्बिडब्ल्यु आउट गरे । यस्तै सन्दीपले चौथो ओभरमा सर्फराज खानलाई ३९ रनमा आउट गरेका थिए ।

जितसंगै

पाँचौ स्थानको पन्जाबको ४ अंक छ । यस्तै चौथो स्थानको दिल्लीको पनि ४ अंक रहेको छ ।

दुई टोलीबीचको पछिल्ला पाँच भेटमा पन्जाब बलियो देखिएको छ । पन्जाबले ४ खेल जित्दा दिल्लीले एक मात्र खेल जितेको छ ।