भारतको पंजाबमा लोक तिज सांस्कृतिक कार्यक्रम सम्पन्न (फोटो भिडियो सहित) - Himal Post Himal Post
  • १ बैशाख २०८२, सोमबार
  •      Mon Apr 14 2025
Logo

भारतको पंजाबमा लोक तिज सांस्कृतिक कार्यक्रम सम्पन्न (फोटो भिडियो सहित)



पशुपति श्रेष्ठ पंजाब भारत

बिहीबार भदौ १० गते ,भारतको पंजाब राज्य स्थित लुधियानामा नेपाली लोक तिज सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । श्री कृष्ण जन्माष्टमीको अवसर पारेर न्यु सागर एण्ड सगरमाथा टुर एण्ड ट्राभल्स द्धारा आयोजित उक्त सांस्कृतिक कार्यक्रममा लोक गायक राजु परियार, दीपक गरौजा लोकगायिकाहरु सपना गाहा, बन्दना पाण्डे, सीता राना र हास्यकलाकारमा उज्वल गिरिले लुधियानामा अवस्थित वीर पार्टी प्यालेसमा उपस्थित लगभग दुई सय जना दर्शकलाई मनोरञ्जन गराए ।

कार्यक्रमका आकर्षक बनेका लोकगायक राजु परियारले तिमीलाई भेटन मन लागेर पंजाब सम्म आए नि म धाएर फुलमा मौरी डुल्ने बेलामा कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फुल्ने बेलामा…….
भन्ने बोलको गीत गाएर उपस्थित दर्शकहरुलाइ भावुक बनाएका थिए ।

दर्शक भावुक भएपछि फेरि परियारले पञ्चेवाजाको गीत गाएर नचाएका थिए । त्यस्तै लोक गायिका सपना गाहा, सीता थापा, बन्दना पाण्डेले र लोक गायक दीपक गरौजाले लोकगित तथा तिजका गीतहरू गाएर उपस्थित महिला दर्शकहरुलाई तिज आएको महसुस गराएर नचाए ।

हास्यकलाकार उज्ज्वल गिरिले नेपाली गीत सङ्गीतमा आएका विकृतिहरुलाई व्यङ्ग्य प्रस्तुत गर्नुको साथै युवायुवतीहरुले खिच्ने  सेल्फीलाई व्यङ्ग्य गरेर देखाउदा उपस्थित दर्शकहरु पेट मिचीमिची हासेर मनोरञ्जन लिएका थिए ।

Exif_JPEG_420

कार्यक्रम नगर निगम लुधियानाका मेयर हरचरण सिंह गोहलवडियाको प्रमुख आथित्यता न्यु सागर एण्ड सगरमाथा टुर एण्ड ट्राभल्सका राम बहादुर बिसिको अध्यक्षता विभिन्न नेपाली राजनीतिक भात्रृ  सङ्गठनका व्यक्तित्वहरु नेपाल पत्रकार महासङ्घ भारत शाखाका सह-सचिव  अर्जुन खनाल,फोटो पत्रकार कृष्ण शर्मा  लगायतहरुको आथित्यता रहेको उक्त सांस्कृतिक कार्यक्रम दीपक जिसिको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

 

Exif_JPEG_420