पुनः श्रम स्वीकृतिका लागि काठमाडौं जानुपर्ने बाध्यता हट्यो, धनगढी मै श्रम स्वीकृत
कैलाली । बैदेशिक रोजगारबाट विदामा घर फर्किएका सुदूरपश्चिम प्रदेशका युवाहरुलाई पुनः श्रम स्वीकृतिका लागि काठमाडौं जानुपर्ने बाध्यता हट्ने निश्चित भएको छ ।
लामो समयदेखि आप्रवासी कामदारहरुले श्रमस्वीकृति र न्याय निरुपणको व्यवस्था प्रदेश र स्थानीय तहमा हुनुपर्ने माग गरिरहेको बेला श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले प्रदेशमै पुनः श्रम स्वीकृति दिने व्यवस्था गरिरहेको छ । सामाजिक विकास मन्त्रालय मातहतको श्रम कार्यालय धनगढीमा रहेको रोजगार सुचना केन्द्रबाट पुनः श्रम स्वीकृति दिने व्यवस्था मिलाउन लागिएको हो ।
श्रम कार्यालय धनगढीका निमित्त प्रमुख कृष्णानन्द जोशीले मन्त्रालयको प्राविधिक टोलीले रोगजार सूचना केन्द्रमा सर्भर जोड्ने र कम्प्युटरमा सिस्टम इनस्टल गर्ने काम गरिरहेको जनाए । उनले यो काम सक्किने वित्तिकै मन्त्रालयबाट कार्यादेश लिएर पुनः श्रम स्वीकृति दिइने बताए । अनुमोदनबाट