रञ्जन कोइरालालाई पुनः जेल पठाउन सुनुवाइ हुँदै: के होला फैसला ? - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

रञ्जन कोइरालालाई पुनः जेल पठाउन सुनुवाइ हुँदै: के होला फैसला ?



काठमाडौं- सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनमा आज (आइतबार) सुनुवाइ हुने भएको छ।

जन्मकैदको फैसला पाएका कोइरालालाई ११ वर्ष पहिले नै सर्वोच्च अदालतले जेलमुक्त गर्ने फैसला गरेको थियो । उक्त फैसला गलत भएको दाबीसहित पुनः विचार गर्न माग गर्दै महान्यायाधीवक्ताको कार्यालयले बिहीबार सर्वोच्चमा दर्ता गराएको पुनरवलोकन निवेदनमा आज सुनुवाइ हुने भएको हो।

यो निवेदन आइतबारका लागि पेसीमा चढिसकेको सर्वोच्च अदालत स्रोतले जनाएको छ।

सर्वोच्च अदालत नियमावलीको नियम २७ अनुरूप पुनरावलोकन हुने या नहुने भन्ने विषयमा पहिले निर्णय हुनेछ। पुनरावलोकनको प्रारम्भिक सुनुवाइ इजलासमा नभएर तीन न्यायाधीश संलग्न चेम्बरमा हेरिनेछ।

काठमाडौं जिल्ला अदालत र तत्कालीन ललितपुर पुनरावेदन अदालत (अहिले उच्च) ले कोइरालालाई सर्वस्वसहित जन्मकैद सजाय तोकेको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले भने आठ वर्ष ६ महिना मात्रै कैद सजाय हुने फैसला सुनाएपछि कोइराला बिहीबार कारावासमुक्त भएका थिए।