ऊर्जामन्त्री पुन अकस्मात अस्पताल भर्ना - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

ऊर्जामन्त्री पुन अकस्मात अस्पताल भर्ना



ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन अस्पताल भर्ना भएका छन्।

बिहीबार साँझ रिंगटा लागेर लडेपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको मन्त्रालय स्रोतले जनाएको छ। नर्भिक अस्पतालका चिकित्सक डा. यादव भट्टसहितको टोलिले मन्त्री पुनको उपचार गरिरहेको छ।

मन्त्री पुनको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

मन्त्री क्वाटरमै भेटघाटमा व्यस्त रहेका मन्त्री पुन शौचालय जाँदा अकस्मात रिंगटा लागेर लडेका थिए।