ऊर्जामन्त्री पुन अस्पताल भर्ना - Himal Post Himal Post
  • ८ माघ २०८१, मंगलवार
  •      Tue Jan 21 2025
Logo

ऊर्जामन्त्री पुन अस्पताल भर्ना



काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन अस्पताल भर्ना हुनु भएको छ । छाती दुख्ने समस्याका कारण मन्त्री पुन गएराति काठमाडौंको नर्भिक अस्पतालमा भर्ना हुनु भएको हो ।

मन्त्री पुनलाई अब्जरभेसनमा राख्नुपर्ने चिकित्सकको सल्लाहअनुसार भर्ना गरिएको उहाँको सचिवालयले जनाएको छ । उहाँ छाति सम्बन्धि समस्याले ग्रसित हुनुहुन्छ ।

विगतमा पनि मन्त्री पुन स्वास्थ्योपचारका लागि विदेश जानुभएको थियो । हाल उहाँको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।