भारतको पुलवामा फेरी भिडन्त , एक जवानको मृत्यु - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

भारतको पुलवामा फेरी भिडन्त , एक जवानको मृत्यु



नयाँ दिल्ली । भारतको जम्मु काश्मिर क्षेत्रको पुलवामामा आतंककारीको मुठभेडमा परेरर सुरक्षा फौजका एक जवानको मृत्यु भएको छ । उनै जवानको गोली प्रहारबाट दुई जना आतंककारी पनि मारिएको एनडीटिभीले जनाएको छ । दुई पक्षबीच भएको भिडन्तमा दुई सुरक्षाकर्मी र एक सर्वसाधारण घाइते भएको र उनीहरुको नजिकको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

सुरक्षा निकायलाई पुलवामाको डालिपोरा क्षेत्रमा केही आतंककारी लुकेको खबर पाएपछि सुरक्षा निकायले सो स्थानमा तलासी लिएको थियो । सो क्षेत्रमा इन्टरनेट सेवामा रोक लगाएको बताइएको छ । पुलवामा क्षेत्रमा नै आतंककारीको आक्रमणमा परी ठूलो संख्यामा भारतीय सुरक्षा फौज यसअघि मारिएका थिए ।