पल र पुजा बने यस बर्षकै सर्वोत्कृष्ट नायक नायिका - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

पल र पुजा बने यस बर्षकै सर्वोत्कृष्ट नायक नायिका



काठमाडौं- पल शाह एक सफल नेपाली चलचित्र अभिनेता तथा मोडल हुन् तर अहिले उनि जबरजस्ती करणीको आरोपमा जेल जीवन बिताइ रहदा यता भने उनले सर्वोत्कृष्ट नायकको अवार्ड पाएका छन् ।

चलचित्र विकास बोर्डमा आज बाँडिएको बक्स अफिस फिल्म अवार्डमा पल शाह सर्वोत्कृष्ट नायक ठहरिएका हुन् भने पूजा शर्मा सर्वोत्कृष्ट नायिका बन्न सफल भइन् ।

‘म यस्तो गीत गाउँछु २’ बाट पलले सर्वोत्कृष्ट नायकको अवार्ड पाउँदा सोही चलचित्रबाट पूजा शर्माले पनि सर्वोत्कृष्ट नायिकाको अवार्ड हात पारिन । यसैगरी सोही चलचित्रबाट सुदर्शन थापाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् ।

चलचित्रले यस वर्षकै सफल चलचित्रको अवार्डसमेत पाएको छ । अवार्ड समारोहमा निर्देशक थापा र नायिका पूजा शर्मा उपस्थित थिए भने जेलमा रहेका पल शाह उपस्थित नरहेकाले उनको अवार्ड पनि पुजाले थापेकी थिइन् ।