पुलवा घटना मोदीको चुनाव जित्ने डिजाइन
नयाँ दिल्ली । भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले हालै काश्मीरको पुलवामामा सुरक्षाकर्मीमाथि भएको आक्रमणमा केन्द्रको सत्तारुढ पार्टी भारतीय जनता पार्टी(भाजपा)ले राजनीति गर्न खोजेको आरोप लगाएकी छन् । मुख्यमन्त्री बनर्जीका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीलाई पुलवामा आक्रमणबारेको जानकारी पहिला नै भएको समेत दाबी गरेको बीबीसीमा प्रकाशित समाचारमा उल्लेख छ ।
उनले केन्द्रीय रिजर्व पुलिस बलका २५०० जवानलाई हवाई मार्गबाट पठाउनुपर्नेमा उनीहरुलाई बिना कुनै जाँच स्थलमार्गबाट जान अनुमति दिइएको समेत आरोप लगाएकी छन् । उनले भनेकी छन्,‘‘केन्द्र सरकारलाई यसप्रकारको आक्रमण हुन सक्ने जानकारी थियो । यसबारेमा गुप्तचर निकायले पनि सूचना दिएका थिए । यति हुँदा हुँदैपनि हाम्रा जवानहरुलाई बचाउन सरकारले किन कदम उठाएन ?’’
“सरकारले उनीहरुलाई मर्न दियो ताकि जवानको शहादतका बारेमा राजनीतिक गर्न पाइयोस्,” ममताले गम्भीर आरोप लगाएकी छन् ।