PUBG खल्ने १० जना पक्राउ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

PUBG खल्ने १० जना पक्राउ



भारतको गुजरात राज्यको राजकोट प्रहरीले अनलाइन खेल PUBG खेल्न प्रतिबन्ध लगाएको छ । प्रतिबन्धका बाबजुद यो खेल खेल्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गएको मार्च ६ तारिखमा प्रहरी आयुक्तले एक सूचना सार्वजनिक गरी PUBG माथि प्रतिबन्ध लगाएको जानकारी दिएका थिए । PUBG तथा मोमो च्यालेन्ज खेलका कारण युवाहरु हिंसक भएको, पढाइमा असर परेको तथा आचरण र भाषामा परिवर्तन आएको बताउँदै राजकोट प्रहरीले यी खेलमाथि प्रतिबन्ध लगाएको स्पष्टिकरण दिएको थियो ।

द इन्डियन एक्सप्रेसका अनुसार राजकोट प्रहरीले अलग–अलग तीन ठाउँबाट एग्द्यन् खेल्ने १० जनालाई पक्राउ गरेको हो ।

राजकोट स्पेसल अपरेशन्स ग्रुपका प्रहरी निरीक्षक रोहित रावलका अनुसार तीन जनालाई प्रहरी हेडक्वार्टरको नजिकैबाट गिरफ्तार गरिएको थियो । उनीहरुविरुद्ध मुद्दा चलाइएको र मोबाइल पनि जफत गरिएको छ ।

त्यस्तै ६ जना कलेजका विद्यार्थी पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । चिया पसल तथा फास्ट फूड सेन्टरमा बसेर PUBG खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो । अर्का एक जना भने विश्वविद्यालयका विद्यार्थी रहेको प्रहरीले जानकारी दिएको छ ।

पछिल्लो समय PUBG खेलका कारण युवा पुस्तामा मानसिक असर परिरहेको मनोचिकित्सकहरु पनि बताउँछन् । भारतको गुजरातमा भने यो मुद्दा अदालतसम्म पुगिसकेको छ । हेरौँ, प्रहरीले लगाएको प्रतिबन्धलाई अदालतले के गर्छ ?