कार्यक्रम शुरूः यसरी मिल्यो बिबाद !
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादीको केन्द्रको दुई ब्यानर राखेर मेचमा लेनिनको फोटो राखेर कार्यक्रम सुरु भएको छ । लेनिन जयन्ति १२ बजे हुने मनाउने कार्यक्रमको ब्यानरमा लेनिनकै फोटो नराखेपछि कार्यक्रम करिब ४ घण्टा स्थगित भएर भर्खर सुचारु भएको छ ।
कार्यक्रममा विवाद आएपछि एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरु बैठक बसेका थिए । एमाले र माओवादी दुबै पार्टीका आआफ्नै ब्यानरहरु राखेर कार्यक्रम अघि बढाउने सहमति गरेका थिए । बैठकमा ओली र प्रचण्ड दुबैले कम्युनिष्ट पार्टीको स्थापना दिवसमा लेनिन र माओको तस्वीरविनाको ब्यानर बन्नुमा आफूहरुको गल्ती भएको स्वीकार गरेका थिए । बैठकमा सहभागी एक नेताले खबरडबलीसँग भने ‘ब्यानर बनाउँदा नै हामीले यस्तो बनाउनु भनेर निर्देशन नदिएकाले गल्ती भयो ओली र प्रचण्डले बैठकमा भने ।’ प्रचण्ड र ओली दुइ अध्यक्षकै कमजोरी भएको स्वीकार गरेका छन् ।
एमालेका तर्फबाट पुरानै बोर्ड राखिएको छ भने माओवादीका तर्फबाट नयाँ अर्को ब्यानर राखिएको छ । मेचमा भने लेनिनको फोटो राखिएको छ ।