कांग्रेसकी महासचिव प्रियंका गान्धी पक्राउ - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

कांग्रेसकी महासचिव प्रियंका गान्धी पक्राउ



नयाँ दिल्ली – भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी उत्तर प्रदेशको मिर्जापुरमा पक्राउ परेकी छन् । सोनभद्रामा जग्गा विवादका कारण भएको गोलीबारीमा मारिएका तथा घाइते भएकाको परिवारलाई भेट्न जाने क्रममा प्रियंका पक्राउ परेकी हुन् ।

‘मलाई नै थाहा छैन मलाई कहाँ लगिँदै छ । हामी जहाँ पनि जान तयार छौं’, उनले भनिन् ।

गोलीबारी पछि उत्तर प्रदेशमा धारा १४४ लागू गरिएको छ । जसअनुसार ४ जनाभन्दा बढी व्यक्ति झुण्ड बनाएर सार्वजनिक स्थानमा बस्न पाइँदैन । एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु भएपछि युपिमा सेक्सन १४४ लागू गरिएको थियो ।

प्रियंका युपि सरकारको विरोधमा धर्ना पनि बसेकी थिइन् । गोलीकाण्डका पिडीतलाई भेट्न पाउनुपर्ने उनको माग थियो । आफू ४ जनाको संख्यामा पनि पीडितलाई भेट्न जान तयार रहेको उनले बताइन् । तर, प्रशासनले आफूहरुलाई जान नदिएकाले धर्ना बसेको उनले बताएकी थिइन् ।