प्रियंका र निकको बिवाह : होटलको लागि मात्रै ३ करोड खर्च - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

प्रियंका र निकको बिवाह : होटलको लागि मात्रै ३ करोड खर्च



नयाँदिल्ली –बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्ना विदेशी प्रेमी निक जोनससँग लगनगाँठो कस्ने मिति नजिकिँदो छ । भारतीय मिडियाहरुका ३ डिसेम्बरमा यी दुईबीच बिहे हुने छ । हलिउड गायक तथा अभिनेता निक प्रियंका भन्दा १० वर्ष कान्छा हुन् ।

विवाहका लागि भारतको जोधपुरको उमेद भवन प्यालेस बुक गरिएको छ । जहाँ विहेको तयारी जोडतोडका साथ चलिरहेको छ ।

एक रिपोर्टअनुसार प्यालेसमा ६४ वटा आसिसान कोठा छन् । एउटा कोठाको एक रातको ४८ हजार भारु रहेको बताइएको छ ।

प्रियंका र निकले होटलको लागि मात्रै ३ करोड भन्द्या बढी खर्च गर्ने समाचारमा जनाइएको छ ।