आइटम डान्स गर्दा करोडौँ रकम लिने अभिनेत्री ! - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

आइटम डान्स गर्दा करोडौँ रकम लिने अभिनेत्री !



कुनै समय थियो अभिनेत्रीहरु आइटम गीतमा नाच्न कत्ति पनि मन पराउँदैनथे । तर बिस्तारै समय फेरियो । जब फिल्महरुमा आइटम गीतहरु हिट हुदै गयो, यसको डिमाण्ड झन् बढ्दै गयो ।

त्यसपछि चर्चीत नायिकाहरु पनि आइटम गीतमा नाच्न तयार भए । तयार त भए तर उनीहरुले ठुलो रकमको डिमाण्ड गरे । निर्माताहरुले पनि करोडौ लगानी गरेर आइटम गीत हिट बनाउन लागि परे । यही कारण पनि आइटम गीतमा डान्स गर्ने अभिनेत्रीहरुले केही मिनेट नाचेको भरमा करोडौ कमाउने गरेका छन् ।

१. प्रियंका चोपडा

संजय लीला भंसालीको फिल्म,‘गोलियो की रास लीलाः राम लीला’ मा प्रियंका चोपडाले गेष्ट अपिरेन्सको भुमिका निभाएकी थिइन् । फिल्ममा उनको भुमिका एउटा सेक्सी आइट नम्बर डान्सका लागि थियो । ‘राम चाहे लीला’ यस गीतमा आइटम डान्स गरे बापत उनले ६ करोड रुपैया लिएकी थिइन् । फिल्म हिट रह्यो र आइटम गीत पनि हिट रह्यो ।

२. करीना कपूर

ऐश्वर्या राय गर्भवती भएको थाहा पाएपछि मधुर भंडाकरले फिल्म ‘हिरोइन’ को आइटम डान्सका लागि करीनालाई लिएका थिए । यस गीतमा नाचे बापत करीनाले ५ करोड रकम लिएकी थिइन् ।

३. कटरीना कैफ

पछिल्लो समय बलिउडमा नजमेकी नायिका कटरीना कैफले अग्निपथ फिल्ममा रहेको गीतमा आइटम डान्स गरे बापत ३.५ करोड रुपैया लिएकी थिइन् ।

४. सन्नी लियोन

बलिउडकी सेक्सी नायिकाको रुपमा परिचीत सन्नी लियोनले एउटा आइटम गीतमा नाचे बापत कति लिइन् होली ? रागिनी एमएमएस २ को फिल्ममा रहेको बेबी डोल आइटम गीत नाचे बापत सन्नी लियोनले ३ करोड रुपैया लिएकी थिइन् ।

मलैका अरोरा

सलमान खानसँग फिल्म दंवगमा ‘मून्नी बदनाम हुई’ आइटम गीतमा नाचेकी थिइन् । उनले यस फिल्मको उक्त आइटम डान्सका लागि २ करोड रुपैया लिएकी थिइन् ।

६. ज्याकलिन फर्नानडेज

प्रभुदेवाको फिल्म ‘रमैया वस्तावैया’ मा ज्याकलिन फर्नानडेजले एउटा आइटम डान्स प्रस्तुत गरेकी थिइन् । उनले यस फिल्मका लागि १ करोड रुपैया लिएकी थिइन् । फिल्म फ्लप भएनी आइटम गीत भने हिट भएको थियो ।

७. मल्लिका शेरावत

हट एण्ड सेक्सी मल्लिका शेरावतले फिल्म ‘डबल धमाल’ का लागि ३ करोड रुपैया लिएकी थिइन् । फिल्म र गीत दुवै हिट हुदाँ निर्मातालाई घाटा भने लागेन ।