प्रियंका कार्कीको यस्तो सीन !(भिडियो सहित) - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

प्रियंका कार्कीको यस्तो सीन !(भिडियो सहित)



काठमाडौं । काठमाडौंमा मुस्कान भित्र लुकेको ब्यथा नै फिल्मको मुख्य विषयवस्तु रहेको ‘कथा काठमाण्डू’ टेलर सार्वजनिक भएको छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मका निर्माता र निर्देशकसँगै कलाकार प्रमोद अग्रहरी, संजोह कोइराला र अभिनेत्री सन्ध्या केसी उपस्थित थिए ।

फिल्मको कथा निर्देशक संगीताले नै लेखेकी हुन् । विजय राइको निर्माणमा तयार भएको यो फिल्ममा लुज सिंहको छायांकन छ । फिल्ममा प्रमोद अग्रहरी, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको प्रमुख भूमिका छ ।

अष्ट महर्जनको द्वन्द्व रहेको फिल्मका गीतमा मोहित मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरज विक्रम थापाले संगीत भरेका छन् । फिल्ममा सम्पादनको जिम्मेवारी मित्र गुरुङले सम्हालेका छन् भने यसको भिएफएक्स र कलर भरत रेग्मीले गरिरहेका छन् । फिल्म असोज १२ मा रिलिज हुनेछ ।