प्रियंका गान्धीलाई कांग्रेसको अध्यक्ष बनाउन दबाब - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

प्रियंका गान्धीलाई कांग्रेसको अध्यक्ष बनाउन दबाब



काठमाडौं – भारतीय कांग्रेसको नेतृत्वबाट राहुल गान्धीले राजीनामा दिएको घोषणा गरेसँगै अनिश्चिततामा सँगै पार्टी कसले सम्हाल्ने भन्ने अझैसम्म टुंगो लागेको छैन ।

राहुल गान्धीले लोकसभा चुनावमा पार्टीको खराब प्रदर्शनको जिम्मेवारी लिँदै अध्यक्षबाट राजीनामा दिएको घोषणा गरेका थिए । कांग्रेसका वरिष्ठ नेताहरुले अझैसम्म यो निर्णय गर्न सकेका छैनन् कि अब राहुल गान्धीको स्थानमा कसले पार्टीको नेतृत्व सम्हाल्ने छन् भन्ने ।

पार्टीको नयाँ अध्यक्षका चयन गर्नका लागि कांग्रेसको वर्किङ्ग समितिको बैठक यो हप्ता पनि बस्ने सम्भावना छैन ।

यहि अनिश्चितताका बिच कांग्रेस भित्र मन्द रुपमा महासचिव प्रियंका गान्धीलाई पार्टी अध्यक्ष बनाउनु पर्ने आवाज उठेको भारतीय पत्रिका इन्डियन एक्सप्रेसले जनाएको छ ।

कांग्रेस नेताहरुले अहिलेसम्म खुलेर प्रियंकाको नाम लिएका छैनन् किनकी राहुल गान्धीले पार्टी अध्यक्षका लागि गान्धी परिवार भन्दा बाहिरबाट नेता खोजिनु पर्छ ।

तर पार्टीका नेताहरुले प्रियंकाको नाम लिन थालेका छन् । पूर्व केन्द्रीय मन्त्री श्रीप्रकाश जयसवालले भनेका छन्, ‘धेरै नेताहरुले भनिरहेका छन् र मलाई पनि लाग्छ कि प्रियंका जीलाई कांग्रेसको अध्यक्ष बनाउनु पर्छ । उहाँ गान्धी परिवारबाट हुनुहुन्छ । उहाँ नेता हुनुहुन्छ र उहाँमा पार्टीको नेतृत्व गर्ने क्षमता छ ।’