प्रियंकाले गरिन सुटुक्क ‘इन्गेजमेन्ट’,निकले लाइदिए २ करोड २५ लाखको औँठी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

प्रियंकाले गरिन सुटुक्क ‘इन्गेजमेन्ट’,निकले लाइदिए २ करोड २५ लाखको औँठी



एजेन्सी – बलिउड नायिका प्रियंका चोपडाले शनिबार गोप्य रुपमा ‘इन्गेजमेन्ट’ गरेकी छन् । उनले आफ्ना प्रेमी अमेरिकी गायक निक जोन्ससँग मुम्बइमा कुनै सञ्चार माध्यमलाई खबर नगरी इन्गेजमेन्ट गरेकी हुन् ।

समारोहमा जोन्स र उनको परिवार भारतीय भेषभुषामा देखिएका थिए । यसअघि इन्गेजमेन्टको हल्ला चले पनि उनीहरुले समय तय गरिसकेका थिएनन् । जोन्सले प्रियंकालार्इ लगाइदिएको ‘इन्गेजमेन्ट’ औंठी २ लाख अमेरिकी डलर अर्थात् (करिब २ करोड २५ लाख रूपैयाँ) बराबरको भएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटर र इन्स्टाग्राममा फोटो पोष्ट गर्दै आफूहरु बन्धनमा बाँधिएको उनीहरूले जानकारी गराएका हुन् । इन्स्टाको फोटो क्याप्सनमा निकले लेखेका छन्, ‘चोपडा भविष्यमा जोन्सबन्दै’ भनेर लेखेका छन् । प्रियंकाले आफ्नो फोटो पोष्टमा भनेकी छिन्, ‘प्रत्येक फोटोमा कथा छ, कृपया सावधानीपूर्वक हेर्नुहोला ।’