जब आयुष्मानले प्रियंकाको कम्मरमा समातेर माथि उठाए.... - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

जब आयुष्मानले प्रियंकाको कम्मरमा समातेर माथि उठाए….



काठमाडौं । नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्की प्रेममा छन् । बिगत डेढ वर्षदेखि प्रेममा रहेका उनीहरुल अब छिट्टैनै विवाह गर्ने तयारीमा छन् । सामाजिक सञ्जालमा सक्रिय यो जोडीले आफ्ना दैनिक क्रियाकलापहरु शुभचिन्तकहरुसमक्ष राखिरहेका हुन्छन् ।

तस्बिरहरु राख्ने क्रममा प्रियंकाले बुधबार एक तस्बिर सार्वजनिक गरेकी छन् । तस्बिरमा आयुष्मान र प्रियंका एक होटलको स्वीमिङ पुलमा छन् भने आयुष्मानले प्रियंकाको कम्मरमा समातेर माथि उठाएका छन् । जसको क्याप्सनमा प्रियंकाले लेखेकी छन्, ‘सबै चीजमा सन्तुलन हुनु भनेको नै खुसी हुनु हो ।’ यो तस्बिरलाई इंस्टाग्राममा ४० हजारभन्दा धेरै लाइक आएको छ ।

प्रियंका र आयुष्मानले दुई फिल्म ‘कथा काठमाण्डू’ र ‘चंगा चेट’मा अभिनय गरेका छन् भने यतिबेला ‘प्रेम दिवस’को छायाँकनमा व्यस्त छन् ।