पृथ्वीनाराण शाहपछि सबैभन्दा ठुलो सङ्घर्षको नेतृत्व मलाई प्राप्त भयो:प्रचण्ड - Himal Post Himal Post
  • १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
Logo

पृथ्वीनाराण शाहपछि सबैभन्दा ठुलो सङ्घर्षको नेतृत्व मलाई प्राप्त भयो:प्रचण्ड



काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक नेपालमा सबैभन्दा ठुलो सङ्घर्षको नेतृत्व आफूले गर्न पाएको बताएका छन् ।

बिहीबार राजधानीमा देशभक्त गणतान्त्रिक नेपालले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शान्ति प्रक्रिया, संविधान निर्माण र समृद्ध नेपाल निर्माणको नेतृत्व आफूले गर्न पाएको बताए ।

उनले भने, ”पृथ्वीनाराण शाहपछि सबैभन्दा ठुलो सङ्घर्षको नेतृत्व मलाई प्राप्त भयो, यस्तो अवसर बिरलै मानिसहरूलाई प्राप्त हुन्छ । मैलै शान्ति प्रक्रिया, संविधान निर्माण र समृद्ध नेपालको नेतृत्व गर्ने अवसर पाएँ, सबै नेपाली जनताप्रति ऋणी छु ।”

अध्यक्ष दाहालले वाम गठबन्धनको विजयसँगै अब देशमा राजनीतिक स्थिरता र विकास हुने दाबी पनि गरे । ”वाम गठबन्धनलाई नेपाली जनताले दिएको मतलाई सबैले अनुमोदन गरिसके, ” अध्यक्ष दाहालले अगाडि भने, ” जनताको फैसलाभन्दा अरू केही हुन सक्दैन । अब देशमा राजनीतिक स्थिरता र विकास हुन्छ । जनताले हामीमाथि धेरै आशा र भरोसा गरेका छन्, उनीहरूले हामीप्रति गरेको विश्वासलाई मर्न दिँदैनौं ।”

पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष दाहालले वाम गठबन्धनले देशको विकास र समृद्धिको निर्वाचनबाट राष्ट्रिय दल बनेका चार पार्टीहरूलाई पनि मिलाएर लैजाने बताए ।